२०७९ मंसिर १० , शनिवार

फाइजर खोपमा प्रयोग हुने सिरिन्ज नेपाल आइपुग्यो, अव कहिलेदेखि शुरु हुँदैछ खोप अभियान ?

सुनाखरी न्युज/ काठमाडौं – कोरोना भाईरस विरुद्धको फाइजर खोप दिनका लागि प्रयोग हुने ६ लाख ६६ हजार थान सिरिन्ज नेपाल आइपुगेको छ ।

 

सरकारले ८ जिल्लामा पुस १३ देखि २२ गतेसम्म १२ देखि १७ वर्षका बालबालिकालाई फाइजर खोप लगाइने जनाएको थियो ।उक्त  फाइजर खोपमा प्रयोग हुने ०.३ एमएलको सिरिन्ज अभाव हुँदा काठमाडौं उपत्यकासहित ८ जिल्लाका बालबालिकाले खोप लगाउन पाएका थिएनन् । सिरिन्ज आएपछि केही दिनभित्रै ८ जिल्लामा फाइजर खोप कार्यक्रम सुरु गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।