२०७९ मंसिर १० , शनिवार

प्रहरीलाई अभद्र व्यवहार गर्ने पक्राउ

सुनाखरी न्युज/ पर्वत – प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा कुश्मा नगरपालिका-१२ बस्ने ४६ वर्षीय झलक प्रसाद रिमाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय पर्बतको प्रहरी निरीक्षक कार्यकक्षमा आई प्रहरी कर्मचारीहरुलाई अश्लिल शब्द प्रयोग गरी गालिगलौज गर्नुको साथै अभद्र ब्यवहार गरे पश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर अभद्र ब्यवहार सम्बन्धी मुद्धा शीर्षकमा मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय पर्वतबाट १० दिन म्याद थप भई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।