२०७९ मंसिर १५ , बिहिवार

प्रधानमन्त्री देउवाद्वारा एनएमबि बैंकलाई वित्त क्षेत्रकै प्रतिष्ठित पुरस्कार हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा एनएमबि बैंकलाई वित्त क्षेत्रकै प्रतिष्ठित पुरस्कार “बैंक अफ दि इयर एसिया २०२१” हस्तान्तरण गर्नु भएको छ । यो सिंगो बैङ्किङ क्षेत्र र राष्ट्रकै लागि गौरवमय क्षण हो ।

 

बैंक डिजिटल सेवा प्रवाहलाई प्राथमिकता सहित कागजको प्रयोगलाई न्युनिकरण गर्दै सो बाट पर्ने पर्यावरणीय प्रभावलाई घटाउनको लागी अग्रसर रहेको छ । “एनएमबि बैंक वातावरण मैत्री लगानी र दिगो व्यापारिक सेवामा अग्रसर रहेको र यो सम्मानले बैंकलाई यस क्षेत्रमा अगाडी बढन थप प्रोत्साहन मिल्नेमा विश्वस्त छौं ।”

 

बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । एनएमबि बैंक प्रतिकोे योगदान र विश्वासको लागि सबैलाई बैङकले धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेको छ ।