२०७९ आश्विन ९ , आइतवार

विमानस्थलबाट लागुऔषधसहित एक जना पक्राउ

सुनाखरी न्युज/ धनगढी – कैलालीको धनगढी विमानस्थलबाट लागुऔषध चरेस सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको डिलासैनी गाउँपालिका २ का २० बर्षिय सन्तोष बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

 

बोहरालाई काठमाडौँ जाने क्रममा धनगढी विमानस्थलमा चेकजाँच गर्दा १६ ग्राम चरेस फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए । उनलाई म्याद थप गरी कार्बाही अघि बढाउने तयारी भईरहेको उनले बताए ।