२०७९ मंसिर १० , शनिवार

बाल्टिनको पानीमा डुबेर २ वर्षीय हेमान्सु शाहको मृत्यु

सुनाखरी न्युज/ सिरहा – बिष्णुपुर गाउँपालिका-४ थल्हा बस्ने सुन्दर शाहको छोरा २ वर्षीय हेमान्सु शाह आफ्नै घरमा राखिएको बाल्टिनको पानीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ ।

 

खेल्ने क्रममा उक्त बाल्टिनको पानीमा डुबेर गम्भीर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।