२०७९ मंसिर २२ , बिहिवार

सफल जीवन बनाउन सुन्नै पर्ने डा. लामिछानेको गित

सुनाखरी न्युज/ काठमाडौं – सामुदायिक रेडियो प्रसारक संघका पुर्व कार्यकारी निर्देशक एवं बिकासविद् डा. आरसी लामिछानेले आफ्नै शब्दमा हामी सबैले सक्दछौ भन्ने बोलको उत्पेरक गित सार्वजनिक गर्नु भएको छ ।

 

सबैलाई सफल जीवनमा लाग्न उत्प्रेरणा दिदैं जीवनमा हामि सबैले केहि न केहि सफल काम गर्न सक्छौं भन्ने भाव गितले बोकेको छ । हरेक व्यक्तिले सफल जीवनको लागि सुन्नै पर्ने यो गित १३ मिनेट लामो छ । यो गित पुरै सुन्दा मात्रै पनि सफलता र सकारात्मक सोचका लागि अभिप्रेरित गर्ने देखिन्छ । नव युवाहरुलाई देशमै केही गर्न सकिन्छ र नयाँ सञ्चार बनाउन सकिन्छ भन्ने सन्देश दिन खोजेको डा. लामिछानेले बताउनु भयो । करिव १७ वर्ष देखी प्रसंसनीय खोज सम्वन्धि तालिम दिदै आउनु भएका लामिछानेले संगित मार्फत उत्पेरणामुलक गित सार्वजनिक गर्नुभएको भने यो पहिलो हो । स्रोताहरुले राम्रो प्रतिकृया दिदै गएकाले आगामि दिनमा पनि यस्ता रचना गर्दै जाने उहाँले बताउनु भयो ।

केस वेस्टन बिश्वबिद्यालयबाट प्रसंसनीय खोजको अध्ययन गर्नु भएका लामिछानेले बिश्वबिद्यालय तथा कलेजहरुमा बिषेश कक्षा लिदै आउनु भएको छ । नेपालमा मात्रै होइन चीन, भारत, बंगालादेश, फिलिपिन्स लगायतका देशहरुमा प्रशिक्षकको रुपमा गएर उहाँले सकारात्मक सोच र प्रसंसनीय खोज सम्बन्धी तालिमहरु सञ्चालन गर्नु भएको छ । नयाँ वर्ष २०२२ को पूर्व सन्ध्यामा मैले सक्छु, तिमिले सक्छौं, हामी सबैले सक्छौं गित सार्वजनिक गरेका लामिछाने हाल पोखरा महानगरपालिका शहरी योजना आयोगको उपाध्यक्षको रुपमा कार्यरत हुनुहुन्छ । बिकास र योजनाका बिज्ञ लामिछाने सामाजिक रुपान्तरणको अभियानमा पनि हुनुहुन्छ ।

 

गायक एवम् संगितकार नरहरी प्रेमी र गायिका काब्य आचार्यले गाउनु भएको गितमा लक्षु प्रकास मल्लले संगित संयोजन गर्नु भएको छ । मानिसमा भएको निराशा र नकारात्मक सोचलाई हटाउन सके संसारै उज्यालो बनाउन सकिने भन्ने सन्देश बोकेको यो गित बिद्यालयहरु र तालिमहरुमा बजाए शिकाई प्रभावकारी हुने देखिन्छ ।