२०७९ आश्विन १४ , शुक्रवार

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा मुलुकभर थप २१६ जनामा कोरोना पुष्टि, २०९ जना निको, २ संक्रमितको मृत्यु

 

सुनाखरी न्युज/ काठमाडौं – पछिल्लो २४ घण्टामा २१६ जना कोरोना संक्रमित थपिएका छन्।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ५ हजार ९६२ पीसीआर र १ हजार ६६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २१६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। यो सँगै कुल संक्रमितको संख्या ८ लाख २८ हजार ९८६ जना पुगेको छ। कुल संक्रमितमध्ये ४ हजार ९७१ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २०९ जना संक्रमित निको भएका छन्।

 

यो सँगै मुलुकभर निको हुनेको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ। त्यस अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९६ पुगेको छ।