२०७९ मंसिर १४ , बुधवार

पाल्पामा बस दुर्घटना, ७ जनाको मृत्यु, ८ जना घाइते

सुनाखरी न्युज/ पाल्पा – पाल्पाको रिब्दीकोटमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आठ जनालाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

 

पाल्पाको रिब्दीकोट गाउँपालिका– २ लघुवामा बुटबलदेखि रिडितर्फ गएको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भई ६० मिटर तल खसेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले बताउनुभयो । घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी लागेका छन् । मृत्तकको सनाखत हुन बाँकी रहेको जनाइएको छ । दुर्घटना बिहान भएको बताइएको छ ।