२०७९ जेठ १३ , शुक्रवार

सूर्यालाइफद्वारा मृत्यु दावी भुक्तानी

सुनाखरी न्युज/ काठमाडौं – सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयले एक कार्यक्रमको आयोजना गरी पाख्रीबास नगरपालिका वडा नं. ७ का मृतक बीमित कृष्ण बहादुर थापाको बहिनी गंगा थापालाई मृत्युदावी रकम हस्तान्तरण गरेको हो ।

बीमितथापाले रु १० लाख बीमाङ्कको बीमा लिएको ६ मिहिनान बित्दै सडक दुर्घटनाको कारण मृत्यु भएको थियो । कम्पनीले बीमाङ्कबापतको रु. १० लाख, दुर्घटना सुविधाबापत रु. १० लाख र बोनस बापत रु. ४८,००० थप गरी एकमुष्ठ रु. २० लाख ४८ हजार बीमितले इच्छाएको व्यक्तिश्री गंगा थापा लाई हस्तान्तरण गरेको हो ।

स्व. बीमितको परिवारलाई सूर्या लाइफइन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महा प्रवन्धक नरोत्तम ढकाल मार्फत कम्पनी सचिव भरत के.सी., दावी बिभाग प्रमुखराजु राजचल र दावी बिभागका कर्मचारीतारणी कटुवालको उपस्थितिमा चेक हस्तान्तरण गरेको कप्पनीले जनाएको छ ।