२०७९ जेठ १३ , शुक्रवार

४० मिनेट मात्रै रात हुने यस्तो ठाउँ जहाँ सूर्य डुब्दैन

सुनाखरी न्युज/ योपूरै विश्व प्रकृतिको नियमानुसार चल्छ । निश्चित समयमा दिन र रात हुनु प्रकृतिको नियम नै हो ।

 

यद्यपि अलग–अलग ठाउँमा दिन र रात हुने समय भने फरक–फरक हुन्छ । कतिपय ठाउँमा दिन लामो र रात छोटो हुन्छ । तर, यस्तो पनि देश छ, जहाँ रात भनेको नाम मात्रको हुन्छ । यहाँ एकदमै कम समयका लागि सूर्य डुब्ने गर्छ । नर्वे युरोप महाद्वीपको उत्तरमा रहेको एउटा देश हो । उत्तर ध्रुवबाट नजिक भएकाले यहाँ एकदमै चिसो हुन्छ । नर्वे यस्तो देश हो जहाँ दिन मात्रै हुन्छ । रात केवल ४० मिनेटका लागि मात्रै हुन्छ । बाँकी समय सूर्यका देखिने गर्छ ।

 

यहाँ रातिको १२ बजेर ४३ मिनेटमा सूर्य डुब्छ र ४० मिनेटपछि फेरि सूर्योदय हुन्छ । यहाँ रातको साढे १ बजे बिहान हुन्छ ।

 

यो एक–दुई दिनका लागि होइन पूरै अढाइ महिनासम्म यस्तो हुने गर्छ । नर्वेलाई ‘कन्ट्री अफ मिडनाइट सन’ पनि भनिन्छ ।

यो देश आर्किटिक सर्कल भित्र आउँछ । यहाँ मे देखि जुलाइको बीचमा ७६ दिनसम्म सूर्य डुब्दैन । यस्तो दृश्य हेमरफेस्ट शहरमा देख्न पाइन्छ ।

नर्वे एक यस्तो देश हो जहाँ १०० वर्षसम्म सूर्यको किरण पुगेको थिएन । किन भने यहाँ पूरै शहर पहाडले घेरिएको थियो ।