२०७९ मंसिर १४ , बुधवार

जुवा खेलिरहेको अवस्थामा निमित्त प्रशासकीय अधिकृत र वडाअध्यक्षसहित १४ जना पक्राउ

सुनाखरी न्युज/ जाजरकोट – जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्षसहित १४ जनालाई प्रहरीले जुवाखालबाट पक्राउ गरेको छ ।

 

 

जाजरकोट सदरमुकाम नजिकै गैरीखाली भन्ने ठाउँमा जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । जुवा खालबाट भेरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र वडा नम्बर ६ का वडाध्यक्षसमेत रहेका नेपाली काँग्रेस भेरी नगरपालिका सभापति शशी बुढा पनि पक्राउ परेको एक प्रहरी अधिकृतले बताए ।

प्रहरीका अनुसार उनीहरूको साथबाट दुई लाख नगद पनि बरामद भएको छ । जुवा खालबाट नियन्त्रणमा लिइएकाहरूको नाम सार्वजनिक भने नगरेको प्रहरीले जनाए ।