२०७९ मंसिर १० , शनिवार

कोरोना अपडेटः २४ घण्टामा ३८२ संक्रमित थपिए, २५२ जना निको, मृत्यु शून्य

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा  थप ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ९५९ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ३८२ जनाको नतिजा पोजिटिभ आएको हो । पाँच हजार सात नमुनाको पीसीआर परीक्षण गर्दा ३४२ र १५ हजार ९५२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४० जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर कोरोनाका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । कोरोनाका कारण देशमा हालसम्म ११ हजार ५९४ जनाएको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २५२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या आठ लाख १२ हजार २१० पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या चार हजार ९६९ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।