२०७९ मंसिर २२ , बिहिवार

लागूऔषधसहित एक युवा पक्राउ

सुनाखरी न्युज/ काठमाडौं – काठमाडौं महानगरपालिका-३२ नरेफाँटस्थित तरकारी बजारबाट नियन्त्रित लागूऔषध २ सय ८६ एम्पुल नुर्फिन, २ सय ९२ एम्पुल फेनारगन, २ सय ८४ एम्पुल डाईजेपाम सहित तारकेश्‍वर नगरपालिका-११ लोलाङ बस्ने धादिङ खनियाबास गाउँपालिका-४ घर भएका ४६ वर्षीय लेख बहादुर तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

 

उक्त ठाउँमा अवैध लागूऔषधको कारोबार भइरहेको भन्ने खबर प्राप्‍त हुनासाथ महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।