२०७९ मंसिर १५ , बिहिवार

अमेरिकामा पृथ्वी जयन्ती मनाईने

सुनाखरी न्युज/ काठमाडौं – श्री ५ पृथ्वी नारायण शाहको जन्मजयन्ति मनाउन प्रवासी नेपाली समाज ( पानस) अमेरिका का अध्यक्ष राजेन्द्र शेरचन को अध्यक्षमा आज जुम बैठक बस्यो। उक्त बैठकले केही महत्वपूर्ण निर्णयहरु समेत गरेको छ ।

 

सो बैठकमा राप्रपा का नव निर्वाचित केन्द्रिय सदस्य लोकनाथ तिवारी ‘ राप्रपा आई सि सि का अध्यक्ष प्रेम कुमार श्रेष्ठ तथा पानसका तथा राप्रपा आई सि सि का सल्लाहकार प्रेम चौलगाई ले समेत आफ्नो मन्तव्य राख्नु भएको थियो। साथै पानसका उपाध्यक्ष दिपु मुसाल र राधा शर्मा र अन्य साथीहरुले विचार राख्नु भयो। बैठकले हालै निर्वाचित राप्रपाका केन्द्रिय अध्यक्ष मा.राजेन्द्र लिङदेन ज्यू लगायत निर्वाचीत सबै पदाधिकारी र सदस्य ज्यूहरुलाई बधाई तथा शुभकामना व्यक्त गऱ्यो ।

 

उक्त प्रस्ताव निवर्तमान केन्द्रिय सदस्य प्रेम श्रेष्ठले राख्दै निर्वाचनका वेलामा भएका सबैखाले तिता मिठा भुलेर सबै मिलि पार्टीलाई एक ठिक्का बनाउन समेत बैठकले आग्रह गरोस भनि प्रस्ताव राख्नु भएको थियो। पृथ्वी जन्यन्ति कोरोना को कारणले बाल्टिमोरमा भेला भएर गर्न नसके आ आफ्नो स्टेटमा मनाउने र मनाउन सक्ने अवस्था रहे बाल्टिमोर मै जनवरी १६मा मनाउने भन्ने सर्वसम्मत निर्णय भयो। एन आर एन का आई सि सि सदस्य विनोद तिवारी को समेत उपस्थिति थियो र वहाँले राष्ट्रवादी हरु हरेक पार्टी भित्र रहेकाले पृथ्वी जन्यत्ति मनाउन सबैलाई आग्रह गर्न र नेपाल सरकारलाई सार्वजनिक विदा दिन न्यू वर्क तथा वासिङ्न डिसीमा रहेका नेपाली दुतावास र काउन्सलर मा गई ज्ञापन पत्र दिने कुरा राख्नु भएको थियो।

 

सबै च्याप्टर अध्यक्ष लगायत सम्पूर्ण पानसका आवद्ध प्रवासी साथीहरुको सक्रियतामा श्री ५ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवश मनाउन आवश्यक निर्णय गरि सबैलाई समयमै जानकारी दिने पानस अध्यक्ष राजेन्द्र शेरचनले बताउनु भयो। विभिन्न कारणले एउटै विचार र उदेश्य भएर पनि संगठित हुन सकि नरहेका राष्ट्रवादी राजावादी र राप्रपाको वैचारिक निकटता भएका सबै राष्ट्रवादी लाई पानस अमेरिका राप्रपा आई सि सि तथा राप्रपामा समेत क्षमता अनुसारको जिम्मेदारी लिन चाहाने साथीहरुको उचित सिफारिस गर्न समेत पानस अमेरिका ले पानस तथा राप्रपा आई सि सि का सल्लाहकार प्रेम चौलागाईको संयोजकत्वमा विनोद तिवारी र राधा शर्मा रहेको तीन सदस्य कमिटी बनाउने निर्णय समेत गरेको छ।

 

पानस अमेरिका का सचिव नवराज खड्‌काले कार्यक्रम प्रभावकारी रूपमा संचालन गर्नु भएको थियो । एन आर एन ए का बोर्ड अफ डाइरेक्टर ज्ञानेन्द्र गुरुङ को विशेष उपस्थिति थियो साथै वहाँले संस्थालाई एक बनाएर लैजाने सल्लाह दिनु भयो। आई सि सि नर्थ अमेरिका संयोजक सूर्यनाथ भण्डारी र टेक्सस च्याप्टरका अध्यक्ष रवि रावल ले शाह वंशको योगदानले आज हामीले नेपाल र नेपाली को गौरबशाली पहिचान पाएका छौ भन्नु भयो। यो जोगाई राख्न पानसले प्रवासमा विशेष भूमिका खेलोस भन्ने सल्लाह दिनु भयो । अन्त्यमा राप्रपाका प्रवासका केन्द्रिय सदस्य लोक तिवारीले राप्रपाको विवाद महाधिवेशनले समाप्त पारेकोले अब कुनै कारणले हामीलाई जनतामा पार्टी को एजेण्डा लैजान कसैले रोक्न नसक्ने बताउनु भयो।