२०७९ मंसिर १४ , बुधवार

कुलोमा डुबेर एक पुरुषको मृत्यु

सुनाखरी न्युज/ रौतहट – रौतहटको फतुवा विजयनगर नगरपालिका ६ मा कुलोमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा फतुवा विजयपुर ५ सन्तपुर दोस्तियाका ४० वर्षीय मिरहसन अन्सारी रहेका छन् । पानीमा डुबेर अन्सारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्सपेक्टर बिष्णु विश्वकर्माले जानकारी दिए । अन्सारीको कुलोमा लडेर मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

 

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाईएको तथा घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।