२०७९ मंसिर २२ , बिहिवार

डेल्टा र ओमिक्रोनको मिश्रणले डर लाग्दो सुनामी ल्याउन सक्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

सुनाखरी न्युज/ काठमाडौं – विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले डरलाग्दो सुनामी ल्याउन सक्ने चेतावनी दिएको छ ।

 

युरोप र अमेरिकामा ठूलो संख्यामा कोरोना संक्रमितहरू देखिँदा डब्ल्युएचओका प्रमुख एड्हानोम घेब्रेयससले कोभिडका घटनामा डरलाग्दो सुनामी आउने चेतावनी दिनुभएको हो । कोरोनका पछिल्ला अध्ययनहरुले कैयौँ देशमा निकै छिटो मुख्य भेरियन्ट बनेको ओमिक्रोन डेल्टा भन्दा मध्यम रहेको तर निकै धेरै संक्रामक रहेको बताउनुभयो ।

 

डब्ल्यूएचओका प्रमुखले दुईवटा भेरिअन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै सचेत रहन आग्रह गर्नुभएको छ । अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार पछिल्लो समय विश्वभरि दैनिक झन्डै नौ लाख संक्रमित थपिदै आएका छन् ।