२०७९ असार १८ , शनिवार

कस्केली टेबल टेनिस खेलाडी दाङमा भिड्दै

सुनाखरी न्युज/ पोखरा – दाङको तुलसीपुरमा सञ्चालन हुने खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेवल टेनिस प्रतियोगितामा सहभागी हुन कास्कीका खेलाडी दाङतर्फ लागेका छन् । कास्कीबाट सहभागी हुने खेलाडी तथा व्यवस्थापकलाई बुधबारै बिदाइ गरिएको छ ।

 

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँले खेलाडीलाई सफलताको शुभकामना दिँदै कास्कीको गौरव बढाउन आग्रह गरे । टेवुलटेनिस संघका अध्यक्ष उत्तम जोशीले कास्की जिल्लाको शिर उच्च पारेर फर्किन प्रयास गर्न निवेदन गरे ।
पुस १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कास्कीबाट दीपकराज गिरि, सुलभ केसी, अंकिता गुरुङ र अनिशा गौतम सहभागी हुँदै छन् । उनीहरुको व्यवस्थापनका लागि संघका सदस्य कृष्ण रानाभाट र राहुल सुनार पनि साथसाथमै दाङ पुग्दैछन् ।

 

गतवर्ष चैतमा हुने भनिएको प्रतियोगिता कोरोना महामारीका कारण रोकिएको थियो । प्रतियोगितामा बिजेताले ५ लाख ४३ हजार रुपैया जित्ने छन् । नेपालमै सबैभन्दा ठूलो धनराशीको उक्त प्रतियोगितामा तीन वटा विभागीय टोली र २५ जिल्लाका खेलाडीको सहभागिता रहने जनाइएको छ । तीन दिनसम्म चल्ने प्रतियोगिता सम्पन्न गर्न १७ लाख बढी लागत लाग्ने र प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई खान÷बस्नको व्यवस्था आयोजकले नै गरेको छ । युथस अफ तुलसीपुरकोे आयोजना तथा दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका–६ को टेबल टेनिस कर्भड हलमा हुने भएको हो ।