२०७९ मंसिर १४ , बुधवार

सानिमा बैंकको सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना

सुनाखरी न्युज/ काठमाडौं – नयाँ वर्ष २०२२ को अवसरमा सानिमा बैंकले आफ्ना ग्राहकहरुको लागि“सानिमा सजिलो इ–बैकिङ्ग नयाँ वर्ष धमाका योजना” सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले सानिमा सजिलो इ–बैकिङ्ग मार्फत कारोबार गरी आकर्षक पुरस्कारहरु जित्न सक्नुहुनेछ ।

 

मोबाइल एप निर्माता एफवन सफ्ट सँगको सहकार्यमा संचालित यस योजनामा ३ जना भाग्यशाली विजेताले आईफोन १३, २ जना भाग्यशाली जोडीले बाली इन्डोनेसिया भ्रमण र ५ जना भाग्यशाली जोडीले पोखरा भ्रमण पुरस्कारमा प्राप्त गर्न सक्नुहुनेछ। त्यस्तै, पहिलो पटक कारोबार गर्ने १० जनाग्राहकले प्रत्येकदिन रु १०० क्यास ब्याक पनि प्राप्त गर्न सक्नु हुनेछ। यस योजनामा सहभागीहुनका लागि ग्राहकहरूले सानिमा बैंकको मोबाइल बैकिङ्गएप सानिमा सजिलो इ–बैकिङ्ग प्रयोग गरी ३ महिनामा कम्तीमा १५ वटा कारोबार गर्नुपर्नेछ ।

 

यो योजना जनवरी १ देखिमार्च ३१, २०२२ सम्मलागू हुनेछ । सानिमा बैंकको मोबाइल बैकिङ्ग एप् play store वा appstore बाट डाउनलोड गर्न सकिन्छ । साथै नजिकैको शाखामा सम्पर्क गरी कारोबार सुचारु गर्न सकिनेछ । सानिमा बैंकको देशभर ११९ वटा कार्यालय र ९७ वटा एटिएम संचालनमा रहेका छन् ।