२०७९ असार १७ , शुक्रवार

ईश्वर छैन पर्‍यो…यदि हाेइन भने किन हार्नु पर्‍यो ?

दुर्वासाकाे कलम बाट – शालग्राम के हाे भन्ने कुरा आफ्नाे छातीमा बाेकेर बग्नु पर्दाकाे पीडा कालीगण्डकी लाई मात्र थाहा हुन्छ किन्तु त्याे शालग्राम बेचेर जिबिका गर्ने ब्यापारीले महत्व बुझेकाे हुन्छ ? हाे , हामी विचारकाे कालीगण्डकी हाैं त्यसैले हामीले बाेकेकाे विचार र एजेन्डा भित्रकाे राजसंस्थाकाे मुद्दा हामीले बुझेका छाैं तर राजसंस्थाका नाममा राजाकाे फाेटाे बेचेर खाने ब्यापारीले त्याे संस्थाकाे महत्व कसरी बुझ्न सक्छ ?

 

युराेपियन फिलाेसाेफर मेडारिख Nitse ले भनेझैं धर्मकाे फाेटाे बेच्दै पेटपालाे राजनीति गर्ने ब्यापारीले फेरि कुनै दिन भन्नेछन ….. ईश्वर छैन मर्‍यो । यदि ईश्वर हुन्थे भने सचिवालय नै कब्जा गरि ६ महिना अघि देखिकाे त्यत्राे विध्न तयारी पूरा गरि पाथीभरा माता भन्दै शरणमा पुगेकै हाे । मन्दिर भित्र सञ्जलि थापेर वरदान माग्दै मेराे प्रतिस्पर्धी माथि “कसम अस्त्र ” प्रहार गरेकै हाे । तर किन निष्तेज भयाे त्याे कसम अस्त्र ? त्यसैले भन्छु — ईश्वर छैन मर्‍यो ।

 

जिल्ला हरू अधिकांस कब्जा गरि हेलिकप्टर बाट गाेसाईकुण्ड पुगेर अरू जाे सुकैलाई परास्त गर्ने शक्ति मिलाेस भनि आरधना गर्दै वरदान मागेकै हाे तर लज्जित हुँदै म आफैं किन हार्नु पर्‍यो ? त्यसैले भाैतारिएकाे याे मनले भन्दै छ …… ईश्वर छैन मर्‍यो । तिनै देवी देवताकाे भलाे हाेस भन्दै यतिका बर्ष सम्म हिन्दू राष्ट्रका नाममा दलिल गर्दै आएं तर तिनैले मेराे सध्यक्ष पद जाेगाउदै विजयको माला पहिर्‍याउन सक्तैनन भने ईश्वर जीवित छन भन्दै अब कसरी विश्वास गराैं ? त्यसैले भन्छु — ईश्वर छैन मर्‍यो ।

 

धेरैले भन्थे – ईश्वर भनेकाे मनमा हुन्छन , तनमा हुन्छन , कणमा हुन्छन अनि मन्दिरमा हुन्छन तर त्याे सबै मिथ्या कथा र मन्दिर भित्रकाे मुर्ति त्याे मरेका ईश्वरको सालिक मात्र रहेछ । हाेइन भने सरूकै खर्चमा भएपनि पाथिभरा पुगेर गरेकाे “कसम अस्त्र ” अनि अर्कैले चार्टर गरेकाे हेलिकप्टर चढेर भएपनि गाेसाइकुण्ड पुग्दा मैले मागेकाे विजय शस्त्र किन निस्तेज भयाे ? त्यसैले भन्दैछु — ईश्वर छैन मर्‍यो । टेनिस खेल्न पाेखरा पुग्दा बिहानै विन्दवासिनी मन्दिर पुगेर प्रार्थना गरेकै थिएं । गुप्तेश्वर शिव लिङ्गमा पुगेर एका बिहानै दुधकाे जलधारा चढाएर …. हे महादेव ! भन्दै शक्ति प्राप्तिका लागि आरधना गरेकै थिएं तर यसरी देव र देवीकाे पुजा अनि अर्चना गर्दा गर्दै पनि त्याे एउटा घले संग टेनिसमा किन पराजित भएं ? अबको ईश्वर छ कि छैन …. याे विषयमा पार्टी भित्र छानबिन हाेस भन्दै मागेकाे छु …….. जब पुस २७ गते अाएपछि भन्ने छु – ईश्वर छैन मर्‍यो ।

 

किनकि माया , दया , प्रेम र करूणा सहित ईश्वर भन्दै पुकार गर्ने भनेकाे कायर हरूले जप्ने मन्त्र मात्र रहेछ ….. भन्दै धर्म निरपेक्षताका पक्षमा धाेती उचालेर यसरी कराउने छन । जसरी पछिल्लो अवस्थामा निर्मल निवास बिरूद्ध विष वमन गर्दै हिडेका छन । यस्तै मान्छे बाट हामीले पार्टी जन्मकाे कुरा , सिद्धान्तको कुरा , विचारकाे कुरा , नैतिकताको कुरा , सडानकाे कुरा , निष्ठाकाे कुरा , भराेसाकाे कुरा अनि राष्ट्रवादकाे कुरा सिक्दै असउदा विचार , मुद्दा र एजेन्डाकाे असीमित भण्डार रहेकाे असकाश मुनि बसेर पनि सनुदारवादी राजनीति चरित्रका कारण दाेबाटाेमा मिल्काइएकाे फुटेकाे भांडाे जस्तै बनेका थियाैं ।

 

हे ईश्वर ! हामीले भाेग्नु परेकाे त्यस्ताे दुर्दान्त भूत लाई तिमीले नजिक बाट नियालेर हेरेका रहेछाै …. जसका कारण सधैं सरल रेखामा चल्ने अढाई अक्षरकाे “बुद्धि ” लाई भुटेर बक्र रेखामा हिडाई दिएछाै । अनुपम सचिदानन्द ईश्वर कहिल्यै मर्छ …… ? तिमीले देखाएकाे बक्र रेखामा जब दुर्दान्त भूत दगुर्न थाल्याे …. त्यसपछि मात्र हे ईश्वर ! हामीले आशाकाे दुत फेला पार्‍याैं । जसका लागि हामीले पाँच बर्ष अघि देखिनै कठाेर कर्मकाे तपस्या गर्दै अाएका थियाैं ।
सत्यमेव जयति: