२०७९ असार १७ , शुक्रवार

नेपाली महिला टोलीले जित्यो एसियन सेन्ट्रल जोन भलिबलको उपाधि

सुनाखरी न्युज/ काठमाडौं – एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप अन्तर्गत नेपाल महिलातर्फ च्याम्पियन भएको छ। मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको फाइनल भिडन्तमा उज्वेकिस्तानलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले उपाधि रक्षा गरेको हो।

 

पहिलो सेट नेपालले २६-२४ ले जितेको थियो। दोस्रो सेट भने नेपालले गुमायो। दोस्रो सेटमा उज्वेकिस्तान २६-२४ ले नै विजयी भयो। तेस्रो सेटमा नेपालले उत्कृष्ट खेल देखायो। नेपाल २५-१५ ले विजयी हुन सफल भयो। चौथो सेटमा फेरि उज्वेकिस्तान हाबी भयो। चौथो सेट २४-२२ ले जित्दै उज्वेकिस्तानले खेललाई २-२ को बराबरीमा ल्यायो। निर्णायक पाँचौ सेट १५-१० ले जित्दै नेपाल च्याम्पियन भयो। प्रतियोगिताको फाइनलमा पुग्ने क्रममा नेपाल अपराजित रहेको थियो।