सुनाखरी न्युज/ काठमाडौँ —
सिरिञ्ज अभाव भएपछि मंगलबारदेखि दिइने भनिएको फाइजर खोप अभियान स्थगित भएको छ । स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले सिरिञ्ज नआएपछि केही समयका लागि खोप अभियान स्थगित भएको बताए ।
उनका अनुसार फाइजर खोपका लागि ०.३३ एमएमको सिरिञ्ज आवश्यक पर्छ । ‘खोप, सिरिञ्ज, डाइलुएन्ट सबै सँगै दिनुपर्ने हो । डाइलुएन्ट पनि २९ तारिखमा आउँदैछ । अभियानका लागि ६ लाख ६४ हजार फाइजर खोप आइसकेको छ ,’ उनले भने । उनले भने, ‘खोप हामीलाई अनुदानमा प्राप्त भएको हो । खोपसँगै सिरिञ्ज पनि आउनुपर्ने हो त्यो नआएकाले खोप अभियान केही समय होल्ड गर्नुपरेको हो ।’
सिरिञ्ज आउनेबित्तिकै खोप अभियान सुरु हुने उनले बताए । सरकारले ८ जिल्लामा पुस १३ गतेदेखि २२ गतेसम्म फाइजर खोप दिने जनाएको थियो ।