२०७९ असार १८ , शनिवार

नेपालको लगातार पाँचौ जित, उपाधिका लागि उज्वेकिस्तानसँग भिड्ने

सुनाखरी न्युज/ काठमाडौं – एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरूष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टिमले लगातार पाँचौ खेलमा जित निकालेको छ।

सोमबार बंगलादेशको राजधानी ढाकामा भएको समूहको अन्तिम खेलमा नेपालले किर्गिस्तानलाई ३-० को सोझो सेटमा जित हात पारेको हो। पहिलो सेट २५-८ ले जितेको नेपालले दोस्रो सेट २५-१४ ले जितेको थियो। तेस्रो सेटमा नेपाल २४-१७ ले विजयी भयो। यससँगै साविक विजेता नेपालले समूह चरणका पाँचै खेलमा जित निकालेको छ। अब नेपालले मंगलबार उपाधिका लागि उज्वेकिस्तानसँग भिड्नेछ।

 

अपराजित नेपालले यसअघि बंगलादेश, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। यसअघि नेपालले उज्वेकिस्तानलाई हराएको थियो। आयोजक बंगलादेश र श्रीलंकासँग भने नेपाल पराजित भएको थियो।