२०७९ जेठ २ , सोमवार

बृक्षमा पात पलाउदैन भने बसन्त ऋतुकाे के दाेष ?

गोपी ढकाल – अनि काकाकुलकाे मुखमा पानी पर्दैन भने …. मेघलाई दाेष दिन मिल्छ ? समय र परिस्थिति अनुसार आफुलाई परिमार्जन , रूपान्तरण र अद्यावधिककरण गर्न नसक्ने तर त्यसकाे दाेष भने निर्मल निवास तर्फ किन साेझ्याउने ?

 

वैभवका मालिक हरू प्राय सबै गतिहीताका पक्षमा थिए भने हामी जस्ता आर्थिक अवस्थाले जर्जर ” छ्याङ निचाेरेर निकालिएकाे काेदाेकाे छाेक्रा ” जस्तै बन्दा पनि विचारकाे जगमा चट्टान झैं अडिग कार्यकर्ता हरू भने रूपान्तरणका लागि गतिशीलताका पक्षमा उभिएका थियाैं । हिजाे राजा र दरबारको नाममा पन्पिएर सुविधा सम्पन्न गाडीमा दगुर्ने पञ्चे र मण्डले हरू साम , दाम , दण्ड र भेद सहितले यथास्थितिका पक्षमा उत्रिएका थिए तर कमजाेर आर्थिक अवस्थाले सडककाे लम्बाई खुट्टाले नाप्दै हिड्ने स्वाभिमानी कार्यकर्ता हरू भने परिवर्तनका पक्षमा ” कराे वा मराे ” भन्दै उभिएका थियाैं । हिजाे सम्म आफुलाई राजाकाे सबैभन्दा नजिककाे देखाउने हाम्रा नेताहरू  लगायत दर्जनाैं  राजावादी हरू यथास्थिति लाई नाम्लाले बाेकेर दायाँबायाँ गरे कार्वाही गर्छाैं भन्दै शक्तिकाे डण्डा देखाउदै थिए । किन्तु आस्थाले राजावादी भएपनि दरबारको चप्रासी संग समेत चिनजान नभएका हामी जस्ता हजारौं विचारका पथिक कार्यकर्ता हरू भने रूपान्तरणका पक्षमा गतिहीताका बिरूद्ध स्वस्फूर्त रूपमा प्रतिरक्षामा उत्रिन बाध्य भयाैं ।

 

अझ भन्ने हाे भने आफु नै राजाकाे सबैभन्दा निकट पात्र भन्दै सार्वजनिक रूपमा नै अभिव्यक्ति दिने पूर्वमन्त्रीले समेत रूपान्तरणकारी पक्षधर हरूलाई साथ नदिनु अनि आफुलाई राजावादी भन्दै राजा रानीकाे फाेटाे अंकित भेष्ट लगाएर हिड्ने हरूले पनि गतिहीनताका पक्षमा वकालत गर्दै हिडेकाे दृश्य भृकुटीमण्डप भित्र हामी सबैले देखेकै हाैं । आफु शुद्ध हुनु पर्दछ अनिमात्र अरूकाे शुद्धतामा सन्देह राख्न सकिन्छ । किनकि दृस्ठिदाेषका कारण — हरेक अवस्था , हरेक परिस्थिति र हरेक घटना आँखाले हेर्नु पर्ने थियाे तर ८०% सबै हाम्राे भन्दै महाधिवेशन प्रतिनिधि हरूकाे ठेक्का लिएर बसेका हरूकाे दलिल लाई कानले हेर्ने काम भयाे । कानले सुन्नु पर्ने कुरामा सधैं देवत्वकरण मात्र खाेजेपछि , प्रसंशा गर्दा फुरूक्क पर्ने तर गल्तिमा आलाेचना भयाे भने किल्किले समाउने गरेपछि आफ्नै सहयात्री हरूले मात्र हाेइन …. त्यस्ता मान्छेलाई ज्ञानले छाेड्छ , स्मृतिले छाेड्छ , वैभवले छाेड्छ , शक्तिले छाेड्छ , पराक्रमले र समयले पनि छाेडेर हिड्छ ….. आखिर ८०% काे अहंकार पनि समय संगै मिलेर हिड्याे । हाे , आफु राम जस्तै बनेर भाइ …. भनेका भए विचारका भाइ हरूले पनि लक्ष्मण जस्तै बनेर साथ दिन्थे तर रावणले झैं कर्तुत गरि अहंकारमा उन्मत्त भई अधिकारकाे जाेर लात्ती चलाउने भएपछि वीभिषण बनेर मृत्युको नाभीकुण्ड देखाउन हामी पनि बाध्य बनेका हाैं ।

 

निर्मल निवास तर्फ धारे हात किन देखाइयाे ?

ईसा पूर्व चाैथाे शताब्दीका प्रकाण्ड विद्धान आचार्य चाणक्यले नीतिमा लेखेका छन — “यथा खरश्चंदन भारवाही , भारस्य वेन्ता न तु चंदनस्य ” अथार्थ गधाले अाफ्नाे पिठमा रक्तचंदन बाेकेर हिड्नु पर्दा उसले त्याे चंदनकाे भार मात्र जानेकाे हुन्छ किन्तु त्याे कति मुल्यवान छ …. उसले जान्दैन रे । भन्न खाेजेकाे तात्पर्य के हाे भने – निर्मल निवास र राजसंस्था बिरूद्ध गरिएकाे पछिल्लो विष वमन लाई भार बुझ्ने तर रक्तचन्दनकाे मूल्य बुझ्न नसक्दाके अभिव्यक्ति भन्दै बुझियाे भने के त्याे गलत हाेला ? हाेइन भने बिगत दशकाैं देखि मैले बाेकेकाे राजसंस्था भन्दै राजु परियारकाे झैं सुरिलाे स्वरमा गाउने गरेकाे गीत आज आएर कसरी भार भयाे ? यसबाट के बुझ्नु पर्दछ भने ….. राजसंस्थाकाे मुद्दा भनेकाे रक्तचन्दन बाेकेर हिड्ने गधा झैं के भार मात्र थियाे ? यसकाे मूल्य बुझ्न नसकेर नै त्यस्ताे रूखाे शब्द प्रयाेग गरिएकाे हाेइन भने निर्मल निवास माथि विष वमन किन गरियाे ?

 

अत: आफ्नै छायां बाट तर्सिएर जुन लाैराे टेक्ने – त्यहीँ लाैराे मेराे पुर्पुराे सेक्ने ? भन्दै अलाप गर्नुकाे कुनै अर्थ रहन्न । किनकि सिद्धान्तको सम्माेहन भन्दा फरक भएर , नबुझिएका कुराकाे अाकर्षण भन्दा अलग रहेर अनि निर्मल निवासकाे कुनै प्रभावमा परेर पुस्ता हस्तान्तरणकाे कुरा प्रकटीकरण भएकै हाेइन ….. याे त पाँच बर्ष अघि देखि नै सुरू भएकाे रूपान्तरणका लागि गरिएकाे श्वेत क्रान्ति थियाे । अब प्रश्न उठ्ला – श्वेत क्रान्ति के का लागि थियाे ? उत्तरमा – उद्देश्य स्वाभाविक भएर पनि प्रयाेग अस्वाभाविक भएपछि , उद्देश्य प्राकृतिक भएर पनि कार्यान्वयन पक्ष अप्राकृतिक हुन थालेपछि अनि उद्देश्य असल भएर पनि प्रयाेग गलत गरेपछि त्याे उद्देश्य जाेगाउनु पर्दछ भन्दै सच्चिनका लागि अनगिन्ती प्रयास हरू पनि नभएकाे हाेइन । जब ति हरेक प्रयास हरू निरर्थक भए त्यसपछि मुद्दा र एजेन्डा जाेगाउका लागि प्रसव वेदना सहन तयार हुने नयाँ पुस्ताकाे खाेजी गर्नै पर्ने लागि आम कार्यकर्ता हरूमा नयाँ चेतना प्रस्फुटित भएकाे हाे ।

 

विगत ४० बर्ष देखि तपाईंको जीवनमा राजसंस्था बसन्त ऋतु बनेकै थियाे तर तपाईंको विवेकमा पात पलाउन सकेन भने राजालाई किन दिनु हुन्छ दाेष ? आज सम्मकाे दशकाैं राजनीतिक यात्रामा तपाईंका लागि दरवार मेघ बर्षाद गरेकै हाे तर अहंकारमा उम्लिएकाे त्याे मुखमा पानी पर्दैन भने निर्मल निवास माथि थाेपर्न मिल्छ अहिले दाेष ?