२०७९ असार १७ , शुक्रवार

कोरोना अपडेट : देशभर थप २६० जनामा कोरोना पुष्टि, ३४९ जना निको, एक संक्रमितको मुत्यु

Corona

सुनाखरी न्युज/ काठमाडौं – पछिल्लो २४ घण्टामा २६० जना कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । सोही अवधिमा ३४९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो समयमा ११ हजार ८९८ जनाको नमुना परीक्षण भएको थियो ।

 

यसैबीच पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएको छ । यो सँगै ज्यान गुमाउनेको कुल संख्या ११ हजार ५८२ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित ५०४८ जना रहेका छन् ।