सुनाखरी न्युज/ काठमाडौं – मशरुम अर्थात च्याउका पारखीहरु धेरै छन् । यो शाकाहारी खाद्य पदार्थ भए पनि मानिसहरुले यसलाई मासुको विकल्पको रुपमा समेत सेवन गरिरहेका हुन्छन् ।
जाडोमा यदि तपाईं मशरुम सेवन गर्दै हुनुहुन्छ भने यो तपाईंको स्वास्थ्यका लागि अति नै लाभदायक हुन्छ ।
जाडोयाममा मशरुम सेवनका यस्ता छन् अनौठा फाइदाहरु :
मशरुम फाइबर, भिटामिन, पोटाशियम, कपर र आइरन जस्ता विभिन्न पोषक तत्वले
भरिपूर्ण हुन्छ ।
मशरुम खाँदा स्वास्थ्यलाई एउटा मात्र नभएर विभिन्न फाइदाहरु प्राप्त हुन्छ ।
मशरुम खानाले मांसपेशिको सक्रियता र स्मरणीय शक्ति बढ्छ ।
प्रतिरोधक क्षमता बलियो बनाउनमा पनि मशरुमले धेरै फाइदा पुऱ्याउँछ ।
यसको सेवनले वजन नियन्त्रणमा रहन्छ ।
मशरुमलाई नियमित रुपमा खानाले हड्डि पनि बलियो हुन्छ ।
मशरुम खानाले ब्लड शुगरको स्तर नियन्त्रणमा रहन्छ ।