२०७९ असार १७ , शुक्रवार

कोरोना अपडेट : नेपालमा थपिए २९३ जना कोरोनाभाइरस संक्रमित,२६३ जना निको, २ संक्रमितको मृत्यु

Corona

सुनाखरी न्युज काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६२६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा २६३ जना निको भएका छन् ।

 

यस्तै बितेको २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५८१ पुगेको छ भने कुल संक्रमित पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २६ हजार र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९६ हजार पुगेका छन् ।

 

संक्रमितमध्ये हालसम्म करिब ८ लाख ९ हजार जना निको भएका छन् ।