२०७९ जेठ १३ , शुक्रवार

महाधिवेशनले कांग्रेस पुर्णरुपमा समानुपातिक र समावेशी, नयाँ र युबापुस्तामा थप उर्जा

 

किरण गिरी – नेपाली कांग्रेसको – १४ औं महाधिवेशन ले प्रधानमन्त्री शेरबहादुर देउवा लाई पार्टी सभापति मा चयन गरेको छ । महामन्त्री पदमा गगन कुमार थापा र बिश्व प्रकाश शर्मा लाई चयन गरेर नेपाली कांग्रेस ले नयाँ र युबापुस्ता लाई नेपाली कांग्रेसको निर्णायक तहमा पुर्‍याएको छ ।

 

अहिलेसम्म को केन्द्रीय समिति सदस्य हरु चयन लाई हेर्दा नेपाली कांग्रेसको अबको केन्द्रीय कार्यसमितिमा नयाँ र युबापुस्ताको बर्चस्व कायम रहने देखिन्छ । नेपालको संबिधान बमोजिम महाधिवेशन पुर्ण रूपमा लोकतान्त्रिक , समावेशी र समानुपातिक रुपमा केन्द्रीय समितिमा प्रतिनिधित्व हुने गरि नेतृत्व चयन कार्य सम्पन्न भएको छ ।मुलुक को सबै जाती ,जनजाति , समुदाय र भूगोल को प्रतिनिधित्व नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति सुनिस्चित भएको छ । यो दौरान मा प्रतिस्पर्धा मा सहभागी हुनुहुने र बिजयी हुन गैरहनु भएका सबैको योगदान अत्यन्तै महत्त्वपूर्ण रह्यो ।

 

अधिबेशनको दौरानमा भएका प्रतिस्पर्धा लाई लोकतान्त्रिक बिधीको एउटा पक्ष सम्झेर अब हामी सबै ” बलियो कांग्रेस समृद्ध देश ” निर्माणको अभियानमा जुट्नु परेको छ । आगामी तिनै तहको निर्बाचनमा नेपाली कांग्रेस लाई बिजय गराउनु अब हामी सबैको पहिलो र अनिवार्य दाइत्व हुन आएको छ । आज हामीले नेपाली कांग्रेसको महान र ऐतिहासिक १४ महाधिवेशनमा सम्पन्न गरेका छौ । नेपाली कांग्रेस को केन्द्रीय समिति अब पुरै समावेशी र समानुपातिक रुपमा निर्माण हुने छ ।

 

मुलुकको अग्रणी लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस मात्रै हो यही पार्टी बाट मात्रै संविधान को रक्षा एबं परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र को सम्बर्द्धन हुन्छ । मुलुकमा दिगो शान्ति र समृद्धि नेपाली कांग्रेस ले मात्रै गर्न सक्छ भन्ने हाम्रो निष्कर्ष र बुझाइ हो , जुन कुरा सत्य सहिसाबित हुँदै आइरहेको हामीले महसुस गरीरहेका छौ । १४ औ महाधिवेशन को क्षण हामीलाई ठुलो गौरव र गर्व ला रहेको छ ।
इतिहास देखि आज १४ औं महाधिवेशनको नेतृत्व चयन कार्य सम्पन्न भैरहदा आजको दिनसम्म आइपुग्न नेपाली कांग्रेसका प्रात स्मरणीय आदरणीय नेता ज्युहरु बि पी कोइराला , गणेशमान सिंह , सुबर्ण शम्शेर , कृष्ण प्रसाद भट्टराई , गिरीजा प्रसाद कोइराला , सुशील कोइला जो संग मैले सरकारमा बसेर काम गर्ने शुभ अबसर समेत प्राप्त गरेको थिए , उहाहरु सबै आदरणीय नेता ज्यु हरु प्रती हार्दिक सम्मान व्यक्त गर्नै पर्दछ ।

 

बर्तमानमा प्रधानमन्त्री एबं पार्टी सभापति शेरबहादुर देउवा को सालिन , उदार र सबैलाई समेटेर लिएर जान सक्ने क्षमता कै कारण हामी १४ औं महाधिवेशन सम्पन्न गर्न सफलता प्राप्त गरेका छौ । यो महाधिवेशन पछि हामी लगत्तै तिनै तहको निर्बाचनमा जादै छौ । अबका तिनै तहका निर्बाचनहरुमा नेपाली कांग्रेस लाई सुबिधा जनक बहुमतमा स्थापित गराउनु हामी सबैको मुख्य अबिभाराहो । मुलुकमा संबैधानिक र संसदीय मुल्य र मान्यतालाई स्थापित गराउदै देशको बिकास एबं समृद्धि का लागि नेपाली कांग्रेस को नेतृत्व मुलुक लाई अती आबश्यक छ । त्यसकालागी काठमाडौं बाट फर्के लगत्तै अब हामी नेपाली कांग्रेसका नेता कार्यकर्ता हरुले आफ्नो वडा , गाउँ , क्षेत्र र जिल्ला जिल्ला मा हामी अत्यन्तै सक्रिय भै निर्बाचनको तयारीमा लाग्नु पर्ने देखिन्छ । सबैतहका निर्बाचनहरुमा बिजय हासिल गर्नु नै हाम्रो मुल लक्ष र उध्येश्य हो । म मेरा सबै साथीहरू निर्बाचन अभियान मा दृढ र प्रतिबद्ध छौ ।

नेपाली कांग्रेस पार्टी लाई हरेक मोर्चा बिजय गराउन हामी सदा दृढ प्रतिबद्ध भएर निरन्तर लागी रहने छौ। ” बलियो कांग्रेस समृद्ध देश “को नारा लाई सफल पार्दै आगामी स्थानीय , प्रदेश र संघीय निर्बाचनमा नेपाली कांग्रेस लाई सुविधाजनक बहुमत मा बिजय गराउन हामी दृढ र प्रतिबद्ध रहनु पर्दछ । ६० प्रतिशत भन्दा बढी मत सहित शेरबहादुर देउवा लाई सभापतिमा १४ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि हरुले चयन गरेका छन । नेपाली कांग्रेस र मुलुक को राजनीतिक इतिहास हेर्दा पार्टी सभापति र प्रधानमन्त्री अलग / अलग ब्यक्ति हुदा कांग्रेस पार्टी भित्र बिग्रह र मुलुक को राजनीति अस्थिरता र अन्यौलता तर्फ गएको देखिन्छ। अहिलेको आबश्यकता नेतृत्व परिबर्तन होइन पार्टीमा समन्वय र संतुलन हो भन्ने संदेश यो १४ औं महाधिवेशनले दिएको छ ।

– राजनीतिक स्थिरता र दिगो शान्ति हो ।
– आगामी निर्बाचनमा कांग्रेस को बहुमत हो ।
– स्वतन्त्र , निष्पक्ष र धाधली रहित निर्बाचन हो ।
त्यसका लागी १४ औं महाधिवेशनमा पनि शेर बहादुर देउवा को अपरिहार्यता जरुरी रहेको मनोबिज्ञानका साथ महाधिवेशन प्रतिनिधि हरुले निर्णय गरेको देखियो । यो महाधिवेशनले नेपाली कांग्रेस पुर्णरुपमा लोकतान्त्रिक , समावेशी र समानुपातिक प्रतिनिधित्वले भरिएको लोकतान्त्रिक पार्टी भएको छ ।
हार्दिक_बधाई💐
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रिय सदस्य (खुला) ३५ सिटमा पर्न सफल हुनुभएकोमा हार्दिक बधाई एवं सफल कार्यकाल को शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल!🇳🇵
किरण गिरी , निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य नेपाली कांग्रेस काठमाडौं नेपाल ।
१) डा.शशांक कोइराला ३८३६
२) एनपी साउद २९३७
३) बालकृष्ण खाँण २८७९
४) उदय शमशेर राणा २८४३
५) रामहरि खतिवडा २८३२
६) ज्ञानेन्द्रबहादुर कार्की २८२०
७) रमेश लेखक २७८०
८) शंकर भण्डारी २७६२
९) जिप छिरिङ्ग लामा २७०२
१०) अर्जुननरसिंह केसी २६५०
११) जीतजङ्ग बस्नेत २५५७
१२) गोपालमान श्रेष्ठ २५३८
१३) मोहनबहादुर बस्नेत २४७६
१४) सुनिलबहादुर थापा २४७२
१५) नैनसिंह महर २४६७
१६) दिलेन्द्र प्रसाद बडू २४४१
१७) डा.रामशरण महत २४३१
१८) बल बहादुर केसी २३८८
१९) गोविन्द भट्टराई २३५०
२०) कुन्दनराज काफ्ले २२७९
२१) दीपक गिरी २२६५
२२) सुरेन्द्रराज पाण्डे २२०१
२३) पद्मनारायण चौधरी २०३८
२४) राजीव ढुंगाना १८९६
२५) गुरु बराल १८७०
२६) सञ्जयकुमार गौतम १८६७
२७) गोविन्द राज पोखरेल १८४३
२८) मदनबहादुर अमात्य १८३०
२९) अजयबाबु शिवाकोटी १८११
३०) गणेश लामा १७८२
३१) दिनेश कोइराला १७८१
३२) उमेशजंग रायमाझी १७७६
३३) ई. मोहन आचार्य १७५१
३४) डा. गोपाल दहित १७१०
३५) कृष्णकिशोर घिमिरे १७०१
सभापतिमा शेरबहादुर देउवाको सालिन र उदार नेतृत्व
केन्द्रीय समितिमा नयाँ र युबापुस्ताको बर्चस्व स्थापित भएको छ । जय नेपाल ।
किरण गिरी , निबर्तमान केन्द्रीय सदस्य एबं महासमिति सदस्य नेपाली कांग्रेस काठमाडौं नेपाल

लेखक – नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।