२०७९ जेठ ३ , मंगलबार

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा परिपक्व नेतृत्व, केन्द्रीय समितिमा नयाँ र युबापुस्ताको बर्चस्व

किरण गिरी – नेपाली कांग्रेसको १४ औं महाधिवेशनले सभापति पदमा सालिन ,उदार र भद्र राजनेता शेरबहादुर देउवा लाई बिजय गराएको छ भने महामन्त्री मा सशक्त एबं प्रभावसाली युबा नेता हरु गगन कुमार थापा र बिश्व प्रकाश शर्मा लाई बिजय गराएर ” परिपक्व नेतृत्व , केन्द्रीय समितिमा नयाँ र युबापुस्ताको बर्चस्व “भन्ने संदेश प्रभाह गरेको छ ।

 

नेपाली कांग्रेसको १४ महाधिवेशन बाट केन्द्रीय सभापति पदमा निर्बाचित हुनु भएकोमा सम्मानिय प्रधानमन्त्री एबं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लाई हार्दिक बधाई तथा सफल कार्यकालको लागी शुभकामना व्यक्त गर्दछु। नेपाली कांग्रेसमा शेरबहादुर देउवाको नेतृत्व केन्द्रीय कार्यसमितिमा नयाँ र युबापुस्ताको बर्चस्व भन्ने भनाइ यथार्थ स्थापित भएको छ । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरुले राजनीतिक परिपक्वता सहितको परिवर्तन खोजेको पाइयो । नेपाली कांग्रेसका तमाम महाधिवेशन प्रतिनिधिहरु लाई यसमानेमा हार्दिक बधाई व्यक्त गर्दछु ।

 

पहिलो चरणको निर्बाचनमा -४८.२५ % मतदान गरेर सभापति बिजयको आधार तयार पारिदिनुहुने म लगायत सम्पुर्ण नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्यु हरु लाई बिशेष धन्यवाद व्यक्त गर्दछु । उपसभापति पुर्ण बहादुर खड्का र धनराज गुरुङ लाई बधाई तथा शुभकामना व्यक्त गर्दछु । महामन्त्री जस्तो महत्वोपुर्ण र गरिमामय पदमा सर्बाधिक लोकप्रिय मत ल्याएर बिजय प्राप्त गर्नुहुने गागन कुमार थापा र बिश्व प्रकाश शर्मा लाई हार्दिक बधाई एबं शुभकामना । सहमहामन्त्री हरु – महालक्ष्मी उपाध्याय डिना , भीष्म आङ्दम्बे , फरमुल्ला मसुर , किशोर सिंह राठौर , बद्री पाण्डे , जीवन परियार , उमाकान्त चौधरी र महेन्द्र यादव लाई हार्दिक बधाई तथा शुभकामना ।

 

दोस्रो चरणको निर्बाचनमा आफ्नो राजनीतिक परिपक्वता देखाउनु भएकोमा नेपाली कांग्रेसका आदरणीय नेता प्रकाश मान सिंह र बिमलेन्द्र निधि लाई हार्दिक आभार प्रकट गर्दछु ।

 

राजनेता शेरबहादुर देउवाको बारेमा :-
शेरबहादुर देउवाको जन्म विसं २००३ जेठ महिनामा डडेलधुरामा भएको हो । उनी काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका दोस्रो अध्यक्ष बनेका थिए । देउवाले नेविसंघमा करिब १० वर्ष (२६–३६) नेतृत्व गरे । पार्टी राजनीतिमा सुरुमा गिरिजाप्रसाद कोइरालाले अघि बढाएका देउवाले पार्टीको १० औं पोखरा महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिएका थिए ।

 

२०५७ सालमा पोखरा महाधिवेशनमा देउवा कोइरालाकै विरुद्धमा सभापतिमा पदमा उम्मेदवारी दिए र पराजित भए । ०५९ मा देउवाको नेतृत्वमा काँग्रेस विभाजन नेपाली काँग्रेस प्रजातान्त्रिक बनेको थियो । उक्त पार्टीको ११ औं महाधिवेशनमा उनी सर्वसम्म सभापति चयन भए । ०६४ मा देउवा नेतृत्वको पार्टीले काँग्रेससँग एकता गर्यो । एकतापछिका १२ औं महाधिवेशनमा देउवा पराजित भए । तर, ०७२ सालमा भएको तेह्रौँ महाधिवेशनमा तत्कालीन पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा काँग्रेसको पार्टी सभापतिमा निर्वाचित भएका थिए ।

लेखक – नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।