२०७९ जेठ ३ , मंगलबार

सम्पन्न महाधिवेशन सबल नेतृत्व सुदृढ कांग्रेस

किरण गिरी – राती नेपाली कांग्रेस १४ औ महाधिवेशनको नेतृत्व चयन मतदान कार्य सम्पन्न भए संगै अब १४ औं महाधिवेशन सम्पन्न भएको छ । नेपालको संबिधान बमोजिम महाधिवेशन पुर्ण रूपमा लोकतान्त्रिक , समावेशी र समानुपातिक रुपमा केन्द्रीय समितिमा प्रतिनिधित्व हुने गरि नेतृत्व चयन प्रक्रियामा मतदानको काम सप्पन्न भएको छ ।मुलुक को सबै जाती ,जनजाति , समुदाय र भूगोल को प्रतिनिधित्व नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति सुनिस्चित भएको छ । यो दौरान मा प्रतिस्पर्धा मा सहभागी हुनुहुने र बिजयी हुन गैरहनु भएका सबैलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

 

अधिबेशनको दौरानमा भएका प्रतिस्पर्धा लाई लोकतान्त्रिक बिधीको एउटा पक्ष सम्झेर अब हामी सबै ” बलियो कांग्रेस समृद्ध देश ” निर्माणको अभियानमा जुट्नु परेको छ । आगामी तिनै तहको निर्बाचनमा नेपाली कांग्रेस लाई बिजय गराउनु अब हामी सबैको पहिलो र अनिवार्य दाइत्व हुन आएको छ । आज हामी नेपाली कांग्रेसको महान र ऐतिहासिक १४ महाधिवेशनमा सम्पन्न गरीरहेका छौ । यसैक्रममा २७ गते राती -११ बजे मतदान कार्य सम्पन्न भएको छ। अब नेतृत्व समेत १३४ जना पदाधिकारी तथा सदस्य रहेको केन्द्रीय कार्यसमिति चयन हुँदै छ । नेपाली कांग्रेस को केन्द्रीय समिति अब पुरै समावेशी र समानुपातिक रुपमा निर्माण हुने छ ।

 

मुलुकको अग्रणी लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस मात्रै हो यही पार्टी बाट मात्रै संविधान को रक्षा एबं परिबर्तन संघीय लोकतान्त्रिक गणतन्त्र को सम्बर्द्धन हुन्छ । मुलुकमा दिगो शान्ति र समृद्धि नेपाली कांग्रेस ले मात्रै गर्न सक्छ भन्ने निष्कर्षका साथ हामी नेपाली कांग्रेसमा प्रवेश गरेका हौ , जुन कुरा सत्य सहिसाबित हुँदै आइरहेको हामीले महसुस गरीरहेका छौ । १४ औ महाधिवेशन को क्षण हामीलाई ठुलो गौरव र गर्व ला रहेको छ । इतिहास देखि आज १४ औं महाधिवेशनको मतदान सम्पन्न भैरहदा आजको दिनसम्म आइपुग्न नेपाली कांग्रेसका प्रात स्मरणीय आदरणीय नेता ज्युहरु बि पी कोइराला , गणेशमान सिंह , सुबर्ण शम्शेर , कृष्ण प्रसाद भट्टराई , गिरीजा प्रसाद कोइराला , सुशील कोइला जो संग मैले सरकारमा बसेर काम गर्ने शुभ अबसर समेत प्राप्त गरेको थिए , उहाहरु सबै आदरणीय नेता ज्यु हरु प्रती हार्दिक सम्मान व्यक्त गर्नै पर्दछ ।

 

यो महाधिवेशन पछि हामी लगत्तै तिनै तहको निर्बाचनमा जादै छौ । अबका तिनै तहका निर्बाचनहरुमा नेपाली कांग्रेस लाई सुबिधा जनक बहुमतमा स्थापित गराउनु हामी सबैको मुख्य अबिभाराहो । मुलुकमा संबैधानिक र संसदीय मुल्य र मान्यतालाई स्थापित गराउदै देशको बिकास एबं समृद्धि का लागि नेपाली कांग्रेस को नेतृत्व मुलुक लाई अती आबश्यक छ । त्यसकालागी काठमाडौं बाट फर्के लगत्तै आफ्नो वडा , गाउँ , क्षेत्र र जिल्ला जिल्ला मा हामी अत्यन्तै सक्रिय भै निर्बाचनको तयारीमा लाग्नु पर्ने देखिन्छ । त्यस कार्य प्रती सजग र सचेत रहन म सबै साथीहरू लाई हार्दिक अपिल गर्दछु । सबैतहका निर्बाचनहरुमा बिजय हासिल गर्नु नै हाम्रो मुल लक्ष र उध्येश्य हो । म मेरा सबै साथीहरू निर्बाचन अभियान मा दृढ र प्रतिबद्ध छौ । मलाई र मेरा साथीहरू लाई नेपाली कांग्रेस को नेतृत्व र सबैतहका कार्यसमिति हरुले जुन अबशर , भुमिका र जिम्मेवारी को अबसरहरु उपलब्ध गराइरहेका छ त्यसप्रती म नेपाली कांग्रेस प्रती हार्दिक आभार र सम्मान प्रकट गर्दछु ।

 

नेपाली कांग्रेस पार्टी लाई हरेक मोर्चा बिजय गराउन हामी सदा दृढ प्रतिबद्ध भएर निरन्तर लागी रहने छौ। बलियो कांग्रेस समृद्ध देश “को नारा लाई सफल पार्दै आगामी स्थानीय , प्रदेश र संघीय निर्बाचनमा नेपाली कांग्रेस लाई सुविधाजनक बहुमत मा बिजय गराउन हामी दृढ र प्रतिबद्ध रहनु पर्दछ । ५६ % प्रतिशत मत सहित पहिलो चरणमा नै देउवा लाई सभापतिमा बिजय गराउने लक्ष र उध्यश्यका साथ १४ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि हरु रहेको पाइयो । नेपाली कांग्रेसको सान र सम्मान , सभापति पदमा पहिलो चरणमा नै बिजय गराउने अभियान मा निरन्तर सक्रिय रहने प्रतिबद्धता । नेपाली कांग्रेस र मुलुक को राजनीतिक इतिहास हेर्दा पार्टी सभापति र प्रधानमन्त्री अलग / अलग ब्यक्ति हुदा कांग्रेस पार्टी भित्र बिग्रह र मुलुक को राजनीति अस्थिरता र अन्यौलता तर्फ गएको देखिन्छ।
अहिलेको आबश्यकता नेतृत्व परिबर्तन होइन पार्टीमा समन्वय र संतुलन हो ।
– राजनीतिक स्थिरता र दिगो शान्ति हो ।
– आगामी निर्बाचनमा कांग्रेस को बहुमत हो ।
– स्वतन्त्र , निष्पक्ष र धाधली रहित निर्बाचन हो ।

 

त्यसका लागी १४ औं महाधिवेशनमा पनि शेर बहादुर देउवा को अपरिहार्यता जरुरी रहेको मनोबिज्ञान महाधिवेशन प्रतिनिधि हरुमा देखियो । सभापतिको मतगणना कार्य बिहान – बजे देखी प्रारम्भ भएको ३ घण्टा भित्र नै नेपाली कांग्रेस केन्द्रीय सभापति पदको परिणाम सार्बजनिक भैसक्ने अवस्था देखिन्छ ।

लेखक – नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य एबं महासमिति सदस्य हुन ।