२०७९ असार २० , सोमवार

सकियको अधिवेशन नसकिने वहस

बिक्रम पाण्डे – राप्रपा थापा र राप्रपा चन्द वाट सुरुभयको राप्रपा को विगत जस्तो रहेपनि यो अधिवेशनले पदाधिकारी समेतको निर्वाचन गर्दै नेतृत्वको पुस्तान्तरण गरेको छ। पहिलो पल्ट सक्रिय सदस्य मार्फत महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रक्रिया लाई सफलताका साथ सम्पन्न गरेको छ।केही सामन्य विवाद का अलावा महाधिवेशन भव्यरुपमा हर्षउल्लासका साथ सम्पन्न भयको छ।

 

विषेशत दुई पार्टीको एकीकरण पछि भयको अधिवेशन र प्रतिस्पर्धात्मक नेतृत्वको सवाल लाई लियर देश भरिका सवै शक्ति ले यसलाई वडो चासोपुर्वक हेरेका थिय। सुरुका दिनमा अध्यक्ष पदका लागि चार उमेदवार(पशुपतिशमशेर जवरा,डा.प्रकाशचन्द्र लोहनी,कमल थापा र राजेन्द्रप्रसाद लिङदेन)रहेपनि महाधिवेशन नजिकिदै जादा आफू स्रकिय अभिभावक को रुपमा रहने गरि डा.प्रकाशचन्द्र लोहनीले राजेन्द्रप्रसाद लिङदेन लाई समर्थन गरे।त्यसोत उनले पहिलानै सहमतिको आधारमा मौका नपाएको कारण एक पटक आफुलाइ मौका दिन त्यसो नभय नेतृत्व नया पुस्तामा हस्तान्तरण गर्न सार्वजनिक आव्हान नै गरेका थिय।

उच्च नैतिक छवि वनायका वोलिमा इमानदार डा.लोहनीले आफ्नो नाममा सहमति नभय पछि नया पुस्तालाइ समर्थन गर्नु सकारात्मक नै थियो।२०२८ सालदेखि को राजनीतिक यात्रामा लोहनी निर्विरोध,इमानदार पात्रको रुपमा चिनिन्छन।पशुपतिशमशेर जवरा ले पनि आफु प्रतिस्पर्धा वाट वाहिरिने निर्णय गरेपछि मैदानमा कमल थापा र राजेन्द्रप्रसाद लिङदेन मात्र रहे।पशुपतिशमशेर जवराको भुमिका कस्तो रह्यो,ठिक वा वेठिक के रह्यो त्यो इतिहासले वताउला उनको को संग कस्तो समजदारि थियो वा थियन घटनाक्रम ले वताउदै जाला तर एक प्रतिस्पर्धा गरिरहेका उमेदवार लाई असर पर्ने गरि आफू काचो नेतृत्वको पक्षमा नरहेको जुन टिप्पणी गरे के त्यो सान्दर्भिक थियो ?

 

निस्चित रुपमा निर्वाचन मा रहेका उमेदवारहरु ले सवै व्यक्त,समूह वा शक्तिकेन्द्र हरुको साथ,सहयोग र सद्भाव को लागि प्रयास गर्नु स्वभाविक हो।यधपी विर्सन नहुने कुरा भनेको महाधिवेशन पार्टीको सर्वोच्च निकाय हुन र त्यहाका प्रतिनिधि भनेका सार्वभौम हुन। सर्वोच्च निकायको सभामा उपस्थित सार्वभौम प्रतिनिधि ले गरेका निर्णय लाई स्विकार गर्ने चलन संसार भरिनै हुन्छ।हामिकाहा पनि त्यो अभ्यास र परिणाम लाई सहर्ष स्विकार गरियो तब न राप्रपा प्रजातान्त्रिक पार्टी हो। तर परिणाम पछिका केही उत्तेजित विचारहरु आश्चर्यजनक छन।
हाम्रो आस्थाको केन्द्र एवं मुटुको ढुकढुकि राजसंस्थालाइ एउटा दल विषेशको अधिवेशनमा केवल एकजना अध्यक्ष छान्न प्रयोग भयो भनेर जुन आलोचना भइरहेको छ त्यसले हाम्रो राजनीतिक जीवन लाई पछाडि धकेल्छ।व्यक्तिगत केही स्वतन्त्रता सचिवहरुको पनि होला नि,तर व्यक्ति को स्वतन्त्रता लाई लियर संस्था विरुद्ध वोल्दा हाम्रो साख घटेको छ,जनताले हामीलाई हेर्ने नजर विगार्न सक्छन र यसको वारेमा चर्चा गर्नुले कुनै खास अर्थ राख्दैन।

 

कसैको कुनै साथ,सहयोग वा आशिर्वादले प्रतिस्पर्धि विजय भयको ठान्ने हो भने महाधिवेशनमा आयका सार्वभौम प्रतिनिधि हरुको अपमान हुन्छ यसले पार्टी लाई कमजोर वनाउछ,राप्रपा कमजोर हुनु भनेको प्रजातन्त्र कमजोर हुनु हो,हामीले उठायको विचार कमजोर हुनुहो।यो कदापि स्विकार्य हुदैन। म स्वयम त्यो महाधिवेशनको प्रतिनिधि थिय।सवै उमेदवार हरु सवै प्रतिनिधिको माया,ममता,सहयोग र सद्भाव लिन प्रयास गर्दै थिय।आफू साथ सहयोग को प्रयास नगर्ने अनि सहयोगी हातहरु आफुतिर नफर्किय पछि मै मा पो केही कमजोरी थियो कि भनी विश्लेषण गर्दा राम्रो ह‌ैन र ?मैले वोकेको एजेन्डा माथि मैले नै प्रहार गर्न थाले भने त्यो सिथिल हुन्छ,त्यो सिथिल हुदा त्यो संगै गासियको मेरो राजनीतिक भविस्यको सर्वनास हुन्छ। तसर्थ साझा सवालमा टिप्पणी गर्दा संयमित हुनु ठिक हैन र ?

 

केही महिनामै स्थानिय निर्वाचन हुदैछ,त्यसको केही समयमा संघिय निर्वाचन हुदैछ अनि ५ वर्षमा फेरि पार्टीको अधिवेशन हुन्छ।यो विषय लाई मध्यनजर राखेर राष्ट्रिय राजनीतिमा राप्रपा लाई कसरी नेतृत्वदायि दलको रुपमा स्थापित गराउन सकिन्छ बहस त्यता केन्द्रीत हुन जरुरि छ। यहि अधिवेशन को विषयमा मात्र चर्चा गरिरहने हो भने यो बहस सकिदैन। आदरणीय पशुपतिशमशेर जवरा,डा.प्रकाशचन्द्र लोहनी,कमल थापा विनाको राप्रपा कल्पना गर्न सकिदैन।उहाहरुको आफ्नो राजनीतिक जिवनकाल मै सक्रिय अभिभावक्त्वमा राप्रपा लाई उठाउने इतिहासले अवसर दियको छ।यो अवसर वाट उहाहरु चुक्न हुन्न।

 

अत्यन्तै सुझवुझका साथ नया नेतृत्वले पनि आवेश हतारमा हैन,संयम ढंगले उहाहरुको सल्लाह सुझाव लाई सिरोधार्य गर्दै सक्रिय अभिभावक्त्व प्राप्त गर्ने प्रयास गर्नु पर्छ। को कता ढल्किदा कस्तो परिणाम आयो,कसमाथि न्याय वा अन्याय भयो यो सदै बहसमा रहिरहन्छ।सकियको महाधिवेशन पछि हुने यस्ता वहस स्वभाविक हुन।बहस लाई आलोचना रहितको स्वस्थ बनाउ,ताजा वनाउ,बहसले आस्थाको केन्द्र लाई बलियो वनाउ।बहसले एकता,समहति र सहकार्य लाई अझ मजवुद वनाउ । सवैको जय होस।

लेखक पाण्डे नुवाकोटका राप्रपाको सक्रिय सदस्य हुन।