२०७९ असार १८ , शनिवार

१४ औं महाधिवेशनमा फेरि देउवा नै किन ?

किरण गिरी – नेपाली कांग्रेसको सान र सम्मान , सभापति पदमा पहिलो चरणमा नै बिजय गराउने अभियान मा निरन्तर सक्रिय रहने प्रतिबद्धताका साथ यी आधार र कारणहरुले सभापति पदमा देउवा लाई नै बिजयी गराउनु जरुरी देखियो :-

 

नेपाली कांग्रेस र मुलुक को राजनीतिक इतिहास हेर्दा पार्टी सभापति र प्रधानमन्त्री अलग / अलग ब्यक्ति हुदा कांग्रेस पार्टी भित्र बिग्रह र मुलुक को राजनीति अस्थिरता र अन्यौलता तर्फ गएको पाइयो । त्यसकारण पार्टी सभापति र प्रधानमन्त्री एउटै ब्यक्ति हुनुपर्ने अवस्था रहेको ले देशभरीका महाधिवेशन प्रतिनिधिहरुले गम्भीर भएर निर्णय गर्दै सभापति पदमा शेर बहादुर देउवा लाई नै मतदान गर्दा उपयुक्त हुने देखिन्छ ।
अहिलेको आबश्यकता नेतृत्व परिबर्तन होइन पार्टीमा समन्वय संतुलन हो ।
राजनीतिक स्थिरता र दिगो शान्ति हो ।
आगामी निर्बाचनमा कांग्रेस को बहुमत हो ।
स्वतन्त्र , निष्पक्ष र धाधली रहित निर्बाचन हो ।
त्यसका लागी १४ औं महाधिवेशनमा पनि शेर बहादुर देउवा को अपरिहार्यता जरुरी छ ।

 

देउवा नेतृत्वले गरेको ऐतिहासिक कामहरु :-
पार्टीभीत्रका अरू नेता को तुलना गर्ने हो भने पछाडी परेका समुदाय को लागि देउवा जहिले पनि अग्रपङ्ती मा बसेर काम गर्छन र सबै लाई सम्मान व्यवहार गर्ने देउवा लाई अझै पनि महिला, दलित, जनजाति, मधेसी, सबै महाधिवेशन प्रतिनीधीहरू ले देउवा लाई नै मन पराउछन
त्यसैले पार्टी भीत्र र राज्यका हरेर संरचना मा समावेशी समानुपातिक समावेशीकरणको आवाज उठाउने समुदायको प्रतिनिधित्व सुनिश्चित गराउने पहिलो व्यक्ति देउवा नै हुन यसकारण देउवा लाई भोट
– दलित, जनजाती छात्रवृति कार्यक्रम-२०५२
– उपेक्षित उत्पीडित र दलित विकास समिति- २०५४
– जनजाती विकास समिती – २०५४ गठन गर्ने बृहत अर्थिक सामाजिक रुपान्तरणसम्बन्धी संसदमा ८ बुँदे घोषणा पत्र २०५८ जारी
– राष्ट्रिय दलित आयोग – २०५८
– राष्ट्रिय महिला आयोग -२०५८
– आदिवासी जनजाती विकास प्रतिस्ठान २०५८
– स्थापना गर्ने र महिलालाई पैतृक सम्पतिमा समान अधिकार दिन मुलुकी ऐनको एघारौं संशोधन -२०५९
– कमैया मुक्तीको घोषणा २०५८ गर्ने तथा आफ्नै पार्टी नेपाली काङ्ग्रेसमा “कर्णाली, दलित, महिला, जनजाति र मधेसीलाई समानुपातिक सहभगिता गराउनै पर्छ भनेर (कदमजम) को सिद्धान्त लागु’
– २०७५ मा नेपाली कांग्रेस दलित, महिला, जनजाति, मधेसी,खस आर्य थारु, मुस्लिम, पिछडिएको क्षेत्र एवं अपांगता भएका व्यक्तिलाई पाटी भित्र सहमहामन्त्री पद देउवा ले नै विधानमै सुनिश्चित गराउनू भयाे , यसकारण १४ औ महाधिवेशनमा सभापति पदमा देउवा लाई नै मतदान गरौ भन्ने यथार्थ लाई नेपाली कांग्रेसका मुलुक भरीका महाधिवेशन प्रतिनिधिहरुले आत्मसात गर्नु जरुरी देखिन्छ ।

लेखक – नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन ।