२०७८ माघ ७ , शुक्रवार

नेपाली कांग्रेस १४ औं महाधिवेशनका लागी गठित प्रचार प्रसार समितिले पायो पुर्णता

सुनाखरी न्युज/ काठमाडौं – नेपाली कांग्रेस १४ औं महाधिवेशनका लागी गठित प्रचार प्रसार समितिले पुर्णता पाएको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य एबं महा समिति सदस्य तथा १४ औ महाधिवेशन प्रचार प्रसार समिति सदस्य किरण गिरीले दिनु भएको जानकारी अनुसार – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कार्तिक २८ , २०७८ को बैठकले पार्टीको आसन्न चौधौं महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि पार्टीका प्रवक्ता एव सूचना, संचार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित “१४ औं महाधिवेशन प्रचार प्रसार समिति” ले आज पूर्णता पाएको छ ।

 

समिति देहाय बमोजिम रहको छ :-
१. केन्द्रीय कार्यसमितिका सदस्यहरु :-
जीवन परियार, किरण यादव, किरण गिरी, आमन्त्रित केन्द्रीय सदस्यहरु— अभिषेक प्रताप शाह, जनकराज कलौनी र दिलिप राई — सदस्य ।
२. सूचना, संचार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्यहरु — सदस्य ।
३. भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरु — सदस्य
४. नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजकहरु — सदस्य ।
५. नेपाल प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु — सदस्य ।
६. नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्षहरु — सदस्य ।
७. नेपाल प्रेस युनियन केन्द्रीय समितिका सल्लाहकारहरु — सदस्य ।
८. नेपाल प्रेस युनियन जिल्ला एवं प्रतिष्ठान शाखाका सभापतिहरु — सदस्य ।
९. काठमाडौं स्थित जिल्ला सम्पर्क समितिका सभापतिहरु — सदस्य ।
प्रचार प्रसार समितिको सचिवालयका रुपमा प्रचार विभागको उपत्यका स्थित पदाधिकारी र सदस्य एवं प्रेस युनियन केन्द्रीय सचिवालयका साथीहरु रहनु भएको कुरा नेपाली कांग्रेस केन्द्रीय कार्यालका सचिब प्रकाश शर्मा ले दिएका छ्न ।