२०७८ माघ ७ , शुक्रवार

अब हामी स्याटेलाइटबाट पनि काम गर्नेछौँ : केपी ओली

सुनाखरी न्युज/ काठमाडौं – चितवनमा भैरहेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब अन्तरिक्ष र स्याटेलाइटबाट पनि काम गर्ने दावी गरेका छन् । उनले आफू सरकारमा भएको बेला पहिलोपटक अन्तरिक्षमा नेपालले आफ्नो स्याटेलाइट पठाएको दावी गरे ।

 

 

ओलीले भने–‘हामीले नेपाल विकास गर्ने मात्र भनेका छैनौँ नेपालको अवधारणा नै परिवर्तन गरेका छौँ । हामीले भनेका छौँ समुन्द्र पनि हाम्रो हो । अन्तरिक्ष पनि हाम्रो हो। समुन्द्रमा हामी पुग्न सकेका छैनौं तर म साथीहरुलाई स्मरण गराउन चाहन्छु, हामीले धर्तीको अर्व छेडेर सानो भएपनि भूउपग्रह अन्तरिक्षमा पठाएका छौँ। त्यसमा सफलता पाएका छौं। अब ठूलो उपयुक्त साइजको भूउपग्रह अन्तरिक्षमा पठाउनेछौँ ।’

उनले अगाडि भने–‘जमिनमुनी पनि तार बिच्छ्याउने काम गरेका छौँ, अब त्यतिमात्र हैन अन्तरिक्षबाट स्याटेलाइटबाट काम गर्नेछौँ । स्याटेलाइटका लागि हाम्रो मार्ग रहेनछ मेरो नेतृत्वको सरकारले स्याटेलाइटका लागि अरुले लिएको हाम्रो मार्ग हामीले आफ्नो बनाएका छौँ । अब हामीसँग अन्तरिक्षमा पनि हाम्रो स्थान छ । म साथीहरुलाई भन्न चाहान्छु अन्तरिक्षमा पनि नेपालले आफ्नो दावी र अस्तित्व कायम गरिसकेको छ ।’भनेर पहिलो पटक आफूले भनेको उल्लेख गरे ।