२०७९ जेठ ३ , मंगलबार

चाँदीको आयातमा सिमा तोकीयो

सुनाखरी न्युज/ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले चाँदी आयातमा सिमा निर्धारण गरेको छ । यसअघि आवश्यकता अनुसार खुल्ला रुपमा चाँदी आयात गर्न पाउने ब्यवस्था रहेकोमा मौद्रिक नीतिको समिक्षा मार्फत राष्ट्र बैंकले चाँदीको आयातमा सिमा तोकेको हो ।

नयाँ ब्यवस्था अनुसार अव ड्राफ्ट÷टि.टि.को माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।