२०७८ माघ ७ , शुक्रवार

बैंककमा उपचार नहुनेभएपछि थप उपचारका लागि नेता  पुनलाई चीन लगियो

सुनाखरी न्युज / काठमाडौं – नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि बैंककबाट चीन लगिएको छ । पुनको उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगिएको उनको सचिवालयले जनाएको छ। जटिल प्रकृतिको जण्डिसबाट प्रभावित पुनले केहि समयपहिले बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराएका थिए ।

नेता पुनसँगै पूर्वसभामुख तथा उनकी पत्नी ओनसरी घर्ती र छोरी शीला चीनको सेन्जेन उडेका छन् ।उनीहरु शुक्रबार मध्याह्न अस्पताल पुगेर उपचार सुरु हुने चापागाँईले जानकारी दिए ।

बैंककस्थित समितिभेज अस्पतालमा नेता पुनको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार नदेखिएको भन्दै थप उपचारका लागि सेन्जेन लैजान सुझाव दिएका थिए ।