२०७९ जेठ ३ , मंगलबार

महानायक राजेश हमालको रोजाइमा जिप कम्पास

सुनाखरी न्युज/ काठमाडौ-
महानायक राजेश हमाल नयाँ जिप कम्पासको साथमा जिपलाइफमा प्रवेश गर्नु भएको छ । महानायक हमाल र उहाँकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पासको डेलिभरी लिनु भएको हो ।
‘युगदेखि युगसम्म’, ‘देउता’, ‘वसन्ती’ र ‘सीमाना’ जस्ता सफल चलचित्रमा महत्वपूर्ण भूमिकानिर्वाह गर्नु भएका नायक हमालले तीनदशकको अवधिमादुई सयभन्दा बढी चलचित्रमाअभिनयगरिसक्नु भएको छ । उहाँ नेपालीचलचित्रजगतका सबैभन्दा प्रभावशाली व्यक्तित्व हुनुहुन्छ ।
‘मैले युवाअवस्थादेखि नै जिपको बारेमा सुन्दै आएको थिए । सुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जिपपनिचलाएकोथिए । म जिपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावितथिएँ,’उहाँले भन्नु भयो, ‘म खुशी छुकिआज मैले जिपकिनेँ ।’
केही महिनाअघि नयाँजिपकम्पास सार्वजनिक भएपछि प्रिमियमएसयुभी सेग्मेन्टमा जिपको विक्रीउल्लेखनीय रुपमा बढिरहेको छ । यो सकारात्मकगति यो आर्थिक वर्षको अन्तसम्म पनि जारी रहने अपेक्षा एमएडब्लु लाइफले गरेको छ ।
‘जिपले यो वर्ष निकै राम्रो गतिलिइराखेको छ र सेग्मेन्टमै सबैभन्दा ठूलो बजार हिस्सा हासिलगर्न सफल छ,’ एमएडब्लु लाइफका प्रमुख कार्यकारी निर्देशकअनिश लामिछाने भन्नु भयो, ‘नेपालीबजारले नयाँजिपकम्पासलाई सहजै स्विकारेको छ र हामीनिकै उत्साहित छौं ।’
नयाँकम्पासमाजिपको आइकनिक स्टाइल, अपडेटेड डिजाइन र नयाँ फिचरहरुको लामो सूची छ । र सबैभन्दा महत्वपूर्ण कुरा कम्पासमाजिपको ‘लेजेन्डरी अफरोड क्यापाबिलिटी’ छ जसले चालकलाई जहाँसुकै गरेर जेसुकै गर्ने (गो एनिह्वेर, डु एनिथिङ) गर्न मद्दत गर्छ ।
नेपालमा नयाँ जिपकम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ जसको मूल्य ८४ लाख ९० हजार देखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।