२०७८ माघ ७ , शुक्रवार

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, के के छ नयाँ ब्यवस्था ? (पूर्णपाठ)

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८-७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । शुक्रबार विहान राष्ट्र बैंकले  मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले परिवर्तनीय र स्थिर दुबै ब्याजदर सार्वजनिक गर्नुपर्ने

अब बैंक तथा वित्तीय संस्थाहरुले आवधिक प्रकृतिको कर्जाको हकमा परिवर्तनीय ब्याजदरका साथै स्थिर ब्याजदर पनि प्रकाशन गर्नुपर्ने भएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाहरुले आवधिक प्रकृतिको कर्जा स्थिर ब्याजदरमा समेत प्रदान गर्नुपर्ने व्यवस्था थियो ।

१०० बेडको अस्पताल निर्माण गर्न कर्जामा सहुलियत दिइने

अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गर्नका लागि कर्जामा सहुलियत दिने भएको छ । जसमा अस्पताल नभएका स्थानीय तहमा १०० बेडसम्मको अस्पताल निर्माण गर्नका लागि आधार दरमा २ प्रतिशत विन्दु प्रिमियम थप गरी २० करोडसम्म कर्जा दिन सक्ने व्यवस्था गरेको हो ।

यसअघि मौद्रिक नीतिमा अस्पताल नभएका स्थानीय तहमा १०० बेडसम्मको अस्पताल निर्माण गर्नका लागि बैंक तथा वित्तीय संस्थाबाट सहजरुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइएको थियो ।