२०७९ जेठ ३ , मंगलबार

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा महासंघका सहकोषाध्यक्ष शाक्यद्धारा १ लाख ६० हजार सहयोग

सुनाखरी न्युज/ काठमाडौं ।
जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानका लागि नेपाल सुनचाँदी ब्यवसायी महासंघका सहकोषाध्यक्ष पदमसुन्दर शाक्यले एक लाख ६० हजार रुयैयाँ सहयोग गर्नुभएको छ ।

भक्तपुरमा बसोबास गर्नुहुने भक्तपुर सुनचाँदी व्यवसायी संघका निर्वतमान अध्यक्ष समेत रहनुभएका सुनचाँदी व्यवसायी एवं महामञ्जुश्री ज्यासः पसः भक्तपुरका प्रोप्राईटर शाक्यले १ लाख ६० रुपैयाँ सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्रदान गर्नुभएको हो ।

यस सहयोग र यस अभियानमा जोडिनु भएकोमा पदमसुन्दर शाक्य लाई पाउण्डेशनले हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गरेको छ ।