२०७८ माघ ७ , शुक्रवार

सातौं उद्योग दिवस सम्पन्न, महासंघका निवर्तमान अध्यक्ष सुनार सम्मानित

सुनाखरी न्युज/ काठमाडौं ।

हरेक बर्षको मंसिर ९ गते लाई उद्योग दिवसका रुपमा मनाइने गरिएको छ । वि.सं.२०७२ सालदेखि हरेक वर्ष यो दिनलाई सरकारले उद्योग दिवस मनाउँदै आएको हो । यो बर्ष पनि यस दिन यो दिवस मनाइयो । यद्यपी यो बर्ष उद्योग मनत्री विना नै यो दिवस मनाइएको छ ।

 

 

राजधानीको एभरेष्ट होटलमा बिहिबार आयोजित कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेल, अर्थसचिव मधुकुमार मरासैनी, वाणिज्य सचिव दिनेश भट्टराई, उद्योग सचिव अर्जुन पोखरेल लगायतको सहभागिता थियो । उक्त कार्यक्रममा नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णहरि अधिकारीको पनि सहभागिता थियो ।

 

 

यसैवीच सातौं उद्योग दिवस २०७८ को अवसरमा ‘श्री पशुपति शुनचाँदी उद्योग तनहुँ’ का सञ्चालक मोहन कुमार सुनार सम्मानित हुनुभएको छ । गण्डकी प्रदेशको उत्कृष्ट घरेले उद्यमीमा उहाँ छनौट भई सम्मानित हुनु भएको हो । उहाँलाई एक लाख नगद सहित सम्मान पत्र प्रदान गरिएको थियो ।