२०७८ माघ ७ , शुक्रवार

एशियाली विकास बैंकले नेपाललाई ७ अर्ब ८ करोड रुपैयाँ ऋण सहायता दिने

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाललाई  एशियाली विकास बैंक (एडीबी) ले ७ अर्ब ८ करोड रुपैयाँ ऋण सहायता दिने भएको छ । बैंकले इलेक्ट्रिसिटी ग्रीड मोडर्नलाइजेसन प्रोजेक्ट (ईजीएमपी) का लागि नेपाल सरकारलाई ६० मिलेनियन अमेरिकी डलर अर्थात् ७ अर्ब ८ करोड नेपाली रुपैयाँ थप ऋण सहायता दिने भएको हो ।

 

अर्थसचिव मधुकुमार मरासिनी र एडीबीका लागि नेपाल मिसन प्रमुख अरनदा काउचोसीबीच मंसिर १०गते शुक्रबार ऋण सहायता सम्बन्धि सम्झौता हुँदैछ । सम्झौतामा यता नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको समेत सहभागिता रहने अर्थ मन्त्रालयले जानकारी दिएको छ ।