२०७८ मंसिर ११ , शनिवार

जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ

balatkar-balikaas2020-04-03-08-04-43

सुनाखरी न्युज/ काठमाडौं – कोटेश्वरको गेस्ट हाउसमा लगेर बालिकालाई जबरजस्ती बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–७ घर भई हाल ललितपुरमा बस्ने ३६ वर्षीय गोविन्द सिंह विष्ट रहेका छन् ।

 

प्रहरीका अनुसार पीडित बालिकालाई विष्टले लगनखेल बसपार्कबाट ललाई फकाई गरी कोटेश्वर ल्याएका थिए । उनले कोटेश्वर चोकमा बालिकालाई खाजा खुवाएर लुगासमेत किनिदिएको र कोटेश्वर चोकमा रहेको गेस्ट हाउसमा रुम बुकिङ गरेर बालिकालाई उक्त कोठामा राखेर करणी गरेको प्रहरीको भनाई छ।

भोलिपल्ट बिहान बालिकालाई लगनखेल छाडेर विष्ट भने त्यहाँबाट फरार भएको कोइरालाले बताए । घटनापछि फरार रहेका विष्टलाई प्रहरीले कोटेश्वर चोकबाट पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।