२०७८ मंसिर ११ , शनिवार

लिङ्देनको पक्षमा उभिन अभिनेत्री रेखा थापा

rajendra-ligden

सुनाखरी न्युज/ काठमाडौं – राप्रपाको आसन्न महाधिवेशनमा अभिनेत्री रेखा थापाले अध्यक्ष कमल थापाका प्रतिद्वन्दी बनेका राजेन्द्र लिङ्देनको पक्षमा खुलेकी छिन् ।

 

मंसिर १५ देखि शुरु हुने महाधिवेशनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार आयोजित उम्मेदवारी घोषणामा अभिनेत्री थापा पनि सहभागी भएकी छिन् । सबै पार्टीमा युवा पुस्ताले नेतृत्व पाउनु पर्छ भन्ने बहस चलिरहेको बताउँदै उनले त्यसैले आफूले राजेन्द्रजीलाई साथ दिएको थापाले बताइन् ।

महाधिवेशनमा लिङ्देनलाई साथ दिँदा कमल थापाको साथ छाडेको भन्ने अर्थमा नबुझ्न पनि उनले आग्रह गरिन् । रेखा थापा २०७३ सालमा तत्कालीन राप्रपाका अध्यक्ष कमल थापाको विचार मन पर्‍यो राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी थिइन् । अध्यक्ष कमल थापाले टीका लगाएर उनलाई पार्टीमा प्रवेश गराएका थिए । थापालाई राप्रपा प्रवेश गराउने काम कोमल वलीले गरेकी थिइन् ।