२०७८ मंसिर ११ , शनिवार

महिला टी-२० विश्वकप छनौटमा कुवेतमाथि नेपालको शानदार जित

5

सुनाखरी न्युज / काठमाडौ – आईसीसी टी–ट्वान्टी महिला विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितामा नेपाली महिला टोलीले कुवेतमाथि ९ विकेटको शानदार जित हात पारेको छ ।

 

दुबईस्थित आईसीसी एकेडेमीको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कुवेतले १५.४ ओभरमा सबै विकेट गुमाएर २७ रन बनाएको थियो । कुवेतकी प्रियदा मुरलीले १० रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालकी कप्तान रुविना क्षेत्री र संगीता राईले समान तीन विकेट लिए ।

 

२८ रनको लक्ष्य नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो । नेपालकी ओपनर सीता रानामगर शून्यमा आउट हुँदा अविजित रहँदै रुविना क्षेत्रीले १२ र इन्दु बर्माले १३ रन बनाए । नेपालको यो लगातार दोस्रो जित हो । जितसँगै नेपालले ४ अंक जोडेर अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा हङकङसँग पराजित नेपालले दोस्रो खेलमा भुटानलाई हराएको थियो ।