२०७८ मंसिर ११ , शनिवार

कतारबाट काठमाडौं आएका लिम्बु सुनसहित पक्राउ

arrest 1

सुनाखरी न्युज/ काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय २४ ग्रामको सुनको बाला १ थान र औँठी २ थान सहित ताप्लेजुङ लिङखिम ७ स्थायी घर भएका २२ वर्षीय जिबन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

 

नेपाल एयरलाइन्सको उडानद्वारा कतारको दोहाबाट काठमाडौं आएका लिम्बुलाई अन्तर्राष्ट्रिय आगमनतर्फको भन्सार एक्सरे जाँच गर्ने क्रममा इमर्जेन्सी लाइटभित्र फल्स बटम बनाई उक्त धातु अबैध रुपमा लुकाई भन्सार छलि लैजान लागेको अवस्थामा फेला पारी भन्सार कार्यालय र विमानस्थल प्रहरीको टोलीले पक्राउ गरेको हो ।

 

लिम्बुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि भन्सार कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा बुझाएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।