२०७८ मंसिर ११ , शनिवार

सोवा हेल्थ केयर सेन्टरको सेवा सञ्चालनमा

Capture

सुनाखरी न्युज/ काठमाडौं – सोवा हेल्थ केयर सेन्टर ललितपुरले यही नोभेम्वर २५ अर्थात मङ्सिर ९ गते विहीबार सेवा सञ्चालनमा ल्याउने भएको छ।
ललितपुरको एकान्त कुना स्थित स्विस् एम्बेसी नजिकै सोवा हेल्थ-केयर सेन्टर सञ्चालनमा आउन लागेको हो।

 

सोवाले प्याथलोजी ल्याव,अल्ट्रा साउन्ड, इको, एक्सरे, टिएमटी, पिएफटी, हल्टर, एवीपी लगायतका सेवा प्रदान गर्ने जनाएको छ। विशेष सेवा अन्तर्गत कस्टमेटिक, इन्डोस्कोपी र भ्याक्सिनेसन लगायतका सेवा पनि सोवाले प्रदान गर्नेछ । वरिष्ठ विशेषज्ञ चिकित्सक हरर अनुभवी व्यवस्थापकहरू बाट सञ्चालित हेल्थकेयर सेन्टरबाट सेवा ग्राहीले छिटो र छरिटो सेवा प्राप्त गर्ने छन्। हेल्थ केयर सेन्टर बिहान ७ देखि बेलुकी ७ बजे सम्म खुला रहनेछ। सेवा सञ्चालनमा ल्याएको अवसर पारेर सोवाले सेवा ग्राहीलाई नोभेम्वर २५ देखि डिसेम्वर २५ सम्म एक महिना हरेक सेवामा २५ प्रतिशत रकम छुट दिने जनाएको छ ।

सोवाले जनरल हेल्थ केयर प्याकेज, वुमेन हेल्थ केयर प्याकेज, कार्डियाक हेल्थ केयर प्याकेज, सोवाले जनरल हेल्थ केयर प्याकेज, वुमेन हेल्थ केयर प्याकेज, कार्डियाक हेल्थ केयर प्याकेज, डाइविटिज केयर प्याकेज र थाइराइड प्याकेज सहितका सेवा पनि प्रदान गर्ने भएको छ । यी सेवाहरूका साथै घरमै गएर होम केयर सेवा तथा नमुना संकलन सेवा समेत उपलब्ध गराइने सोवाले जनाएको छ।