२०७८ मंसिर ११ , शनिवार

राजेन्द्र लिङदेनद्वारा राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा

rajendra-ligden

सुनाखरी न्युज/ काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

 

दरबारमार्गस्थित एक होटलमा विहीबार पत्रकार सम्मेलनको आयोजना गरेर लिङदेनलाई अध्यक्षको उम्मेदवार बनाउने घोषणा अर्का नेता धवल शमशेर राणाले सार्वजनिक गरेका हुन् । अब महाधिवेशनमा लिङ्देनले अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापासँग प्रतिस्पर्धा गर्नेछन् ।

 

नेपालगञ्जमा मेयरसमेत रहेका राप्रपा नेता धवलशमशेर जबराको साथ पाएर लिङ्देनले राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । यसअघि जबरा पनि अध्यक्षमा लड्ने चर्चा थियो । तर, उनले लिङदेनलाई साथ दिने भएपछि अब कमल थापालाई राप्रपाको अध्यक्षमा निरन्तरता भारी पर्ने देखिएको छ । राप्रपाको महाधिवेशन मंसिर १५,१६ र १७ गते काठमाडौंमा हुँदैछ ।