२०७८ मंसिर ११ , शनिवार

ज्योति विकास बैंकको लाभांश घोषणा

Capture

सुनाखरी न्युज/ काठमाडौं – ज्योति विकास बैंकले लाभांश घोाषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ११% बोनस सेयर र करसहित ४.५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र ज्योतिको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । बैंकले हाल कायम ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार उक्त लाभांश प्रस्ताव गरेको हो ।