२०७८ मंसिर ११ , शनिवार

सुनको मूल्यमा सामान्य गिरावट

gold

सुनाखरी न्युज/ काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य तोलामा ९१ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा एक सयले घटेको हो ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रहेको छ भने तेजावी सुनको मूल्य ९१ हजार २ सय रहेको छ । त्यस्तै, आज चाँदीको मूल्यमा भने बढेको छ । हिजो १२२५ मा कारोबार भएको चाँदी आज पाँच रुपैयाँले बढेर प्रतितोला १२३० कायम भएको महासंघले जनाएको छ ।