२०७८ मंसिर ११ , शनिवार

सर्वोच्च अदालतको फुलकोर्ट बस्दै

court

सुनाखरी न्युज/ काठमाडौं – सर्वोच्च अदालतको पूर्ण बैठक अर्थात् फुलकोर्ट आज बस्दैछ । बैठकले इजलास तोक्न गोला प्रणाली लागू गर्ने मिति तय गर्नेछ । यसअघिको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सर्वोच्च अदालत नियमावलीमा संशोधन गरेर गोला प्रथाको कार्यविधि पारित गरेको थियो । उक्त नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ ।

अब गोला प्रणाली लागू हुने मिति आजको पूर्ण बैठकले तय गर्नेछ । आजको बैठक पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिना नै बस्न लागेको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडा बिदामा रहेकाले बाँकी १८ न्यायाधीशको बैठक बस्नेछ ।