२०७८ मंसिर ११ , शनिवार

सामसङविन्टर स्किम योजनाको तेस्रो लक्की ड्र सम्पन्न,२१ जना ग्राहकहरु बने भाग्यशाली विजेता

Capture

सुनाखरी न्युज/ काठमाडौं – नेपालमा सर्वाधिक रुचाइएको सामसङ मोबाइलले ग्राहकहरुलाई लक्षित गरेर नोभेम्बर १ तारिखदेखि ३० तारिखसम्म एक उपहार योजना संचालन गरिरहेको छ ।

 

जुन उपहार योजना अन्तर्गत प्रत्येक दिन ३ जना ग्राहकले ५ ग्राम सुनको सिक्का उपहार प्राप्त गर्नेछन् । उपहार विजेताको घोषणा लक्की ड्रद्वारा गरिने यस योजनाको तेस्रोे लक्की ड्र आज २०७८ मंसिर ७ गते सम्पन्न भएको छ । जुन लक्की ड्रमा यही नोभेम्बर १३ तारिखदेखि १९ तारिखसम्मको अवधिलाई समेटिएको छ ।

उपहार योजनामा सहभागी हुनका लागि उक्त अवधिमा सामसङ मोबाइल वा ट्याब खरिद गर्नु हुने ग्राहकहरुले एसएमएस नम्बर ३१००३ मा आफ्नो मोबाइल वा ट्याबको सिरियल नम्बर पठाउनु पर्ने व्यवस्था गरिएको छ । अतः आज गरिएको लक्की ड्रमा यही १३ देखि १९ नोभेम्बरसम्म प्राप्त सिरियल नम्बरका ग्राहकहरुलाई समावेश गरिएको छ । लक्की ड्र कार्यक्रमलाई सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गर्ने प्रावधान अनुसार आजको कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिएको छ भनें अब बाँकी २ हप्ताका लक्की ड्र कार्यक्रमहरुको पनि सोही पेजमार्फत् प्रत्यक्ष प्रसारण गरिनेछ ।

आज सम्पन्न लक्की ड्र संचारकर्मीहरु, आमन्त्रित व्यक्तित्वहरु र ग्राहकहरु एवं बिक्रेताहरुको समुपस्थितिमा गरिएको थियो । आजको लक्की ड्रमा५ ग्राम सुनको सिक्का प्राप्त गर्ने भाग्यशाली सिरीयल नं हरु क्रमशः

1 R9ZR808BDEX
2 RZ8RA1KWJTW
3 RZ8R90HQY4M
4 RZ8RA125GNX
5 R9ZR90J6FZV
6 RZ8RA1KWFCV
7 RZ8RA125F2J
8 RZ8RA0YF5FE
9 RZ8RA1NLWKY
10 RZCRA099V4D
11 RZ8RA0YEVJF
12 RZ8R90KV9XK
13 R9ZR90J67WF
14 RZ8R90XE2WE
15 RZ8R70YRK9Z
16 R9ZR80L0DPF
17 RZ8R717AHJP
18 R5CR922JARE
19 RZ8RA0JFQ9J
20 RZ8RA1REGGP
21 RZ8RA1RE83B

हुनुहुन्छ । विजेताहरुको सिरियल नम्बर आजै सामसङको फेसबुक पेजमा प्रकाशित गरिएको छ र वहाँहरुलाई ७ दिनभित्रमा आवश्यक कागजात सहित आफ्नो उपहार दावी गर्न हुन पनि अनुरोध गरिन्छ । “हामी सधैं ग्राहकहरुसँगको सम्बन्ध नवीकरण गरिरहन लालायित छौं र यसै क्रममा नै हामीले यो ५ ग्राम सुनको सिक्का उपहार योजना संचालन गरेका हौं । यस योजनामा ग्राहकहरुले देखाउनु भएको उत्साह र सहभागीताले हामीलाई हौसला प्रदान गरेको छ । आजका विजेताहरु सबैलाई बधाई दिन चाहन्छु ।”

 

सामसुङ्ग मोबाइलका निर्देशक श्री प्रनय रत्न स्थापितले भन्नु भएको छ । ५ ग्राम सुनको सिक्का जित्ने अवसर यही नोभेम्बर ३० सम्म कायमै रहेकोले सामसङ मोबाइल वा ट्याब खरिद गरि योजनामा सहभातिा जनाउनुहोस् ।